After SEE Portal

६४० जनालाई सीटीइभीटीको विशेष छात्रवृत्ति

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ पालिकाका ६ सय ४० विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित छात्रवृत्ति प्रदान गरेको छ ।

८० जनालाई ३वर्षे डिप्लोमा तथा विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई १८ महिने प्रि(डिप्लोमा तहमा १ सय ६० जना र ३ वर्षे डिप्लोमारप्रमाण तहमा ४ सय जनालाई विशेष छात्रवृत्ति प्रदान गरेको हो ।

सीटीभीटीका अनुसार कोशी प्रदेशका २६, मधेशका २९, बागमतीका १० , गण्डकीको १४, लुम्बिनीको ९, कर्णालीका ७ र सुदुरपश्चिमका ४ पालिका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यार्थीलाई निर्वाह भत्तावापत मासिक ३ हजार ५ सय, यातायात खर्चवापत प्रतिवर्ष १ हजार ५ सय र पोशाक खर्चवापत प्रतिवर्ष २ हजार ५ सयसमेत उपलब्ध गराइने  परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार ८० जनालाई तीन वर्षे बालीविज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र डिप्लोम इन होटल म्यानेजमेन्टमा छात्रवृत्ति प्रदान गरिएको छ ।

डिप्लो इन एग्रिकल्चर श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय, भोजपुर र डिप्लोमा इन होटल म्यानेजमेन्टको कक्षा बनेपा बहुप्राविधिक शिक्षालय बनेपामा अध्ययनगरिरहेको अधिकारीले बताए ।

तीन वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ,  जियोमेटिक्स इन्जिनियरिङ, बायोमेडिकल इन्जिनियरिङ, सिभिल (स्पेशलाइजेशन इन हाइड्रोपावर)  इन्जिनियरिङ, रेफ्रिजिरेशन एण्ड एयरकन्डिसनिङ इन्जिनियरिङ, मेडिसिनल एण्ड एरोमेटिक्स प्लान्ट, पशुविज्ञान र सिभिल इन्जिनियरिङ विषय अध्ययन गराइन्छ।

त्यस्तै, १८ महिने प्रि डिप्लोमा एग्रिकल्चर, फरेष्ट्री, अटोमोबाइल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ विषयका लागि छात्रवृत्ति प्रदान गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books