विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलनमा ऐक्यवद्धता

संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउँने भएको छ ।  ७ विद्यार्थी संगठनको सोमबार दरबारमार्गमा बसेको बैठकले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न दबाब दिने, सरकारले लागू गरेको मापदण्डविपरीत शैक्षिक संस्था चल्दै गएका र शैक्षिक संस्थामा समस्या देखिएको भन्दै समाधानका लागि सम्बन्धित विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले काठमाडौँ विश्वविद्यालयअन्तर्गत नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमा विद्यार्थीमाथि भएको दमनको भत्र्सनासमेत गरेको छ । समस्या समाधानको पहलका लागि गृहमन्त्री, शिक्षामन्त्री र चिकित्सा शिक्षा आयोगमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेका छन् ।

यस्तै कोभिड–१९ को तेस्रो भेरियन्ट र शैक्षिक क्षेत्रमाथि पर्न जाने सम्भावित जोखिमका बारेमा समेत बैठकमा छलफल भएको नेवि सङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल छैठौँलगायत विद्यार्थी सङ्गठनका नेताको उपस्थिति थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal