Scholarship edusanjal
Thuprai - Books and E-books

रोटरी क्लबद्वारा ३३ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण

Admission edusanjal

रोटरी क्लवले गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३३ वटा सामुदायिक विद्यालयलाई सिकाई सामग्री सहितको स्मार्ट टिभी हस्तान्तरण गरेको छ ।

रोटरी क्लवले हिजो पोखरामा पिसीआर उपकरण र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

क्लबले रोटरी नेपाल शिक्षा अभियान अन्तर्गत तनहुँ, कास्की, स्याङ्जा, गोरखा, बागलुङ, पर्वत, म्याग्दीका विभिन्न विद्यालयलाई सिकाई सामग्री सहित टिभी हस्तान्तरण गरिएको सो कार्यक्रमका गण्डकी प्रदेश सचिव बाबुराम बरालले जानकारी दिए ।

सामुदायिक विद्यालयको गुणस्तर उकास्ने रोटरी क्लवलेले महत्वपूर्ण भूमिका खेलेको गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले बताए । सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोटरीले सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसासमेत गरेका थिए ।

‘रोटरीले पछाडि पारिएकाहरुलाई शिक्षित र दिक्षित बनाउने उद्देश्य सहित सञ्चालन गरेको कार्यक्रम सकरात्मक छ ।’ प्रदेश प्रमुख शेरचनले भने, ‘शिक्षा क्षेत्रमा रोटरीको योगदानको जति चर्चा गरे पनि कम हुन्छ ।’

उनले शिक्षा प्रणाली उत्पादनमूलक र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै अहिलेको शिक्षा प्रणालीले बेरोजगार जनशक्ति मात्रै उत्पादन गरिरहेको हुँदा अबको युग प्राविधिक शिक्षाको युग भएको धारणा व्यक्त गरे ।

‘डिग्री हासिल गरेर व्यावहारिक ज्ञान नसिकेसम्म त्यो डिग्रीको काम छैन, पढेको शिक्षा व्यवहार उपयोगी हुनुपर्छ ।’ उनले भने, ‘सरकारले पनि प्राविधिक शिक्षालाई जोड दिएर लगानी बढाएको छ ।’

Courses edusanjal
Select college / campus
Schools edusanjal