SEE Result 2082

सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्ने, एमबीबीएसमा पनि छात्रवृत्ति

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्नुका साथै  चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिको घोषणा गरेको छ ।

गाउँपालिकाको नवौँ साधारण सभामा पालिका भित्र विद्यालय तहको सम्पूर्ण शिक्षा निशुल्क गर्नुका साथै अध्ययन पश्चात दुई वर्ष पालिका कै स्वास्थ्य कार्यालयमा सेवा गर्नैपर्ने सर्त सहित पालिकाबाट एमबीबीएसको प्रवेश परीक्षा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

‘विद्यार्थीले पढाइ सकेपछि अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र कै स्वास्थ्य कार्यालयमा सेवा गुर्नगर्नै पर्छ ।’ गाउँपालिकाका अध्यक्ष टिकाराम गुरुङ भने, ‘निःशुल्क शिक्षा हामी सबैको इच्छा’ नाराअन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने पालिकाभरिका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णय गरेका छौं ।’

गाउँपालिकाले प्रत्येक वडाका एक–एक जना सर्बोत्कृष्ट विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क अध्ययनको व्यवस्था र पालिकाभरिका ४१ वटै विद्यालयका विद्यार्थीको पोशाकमा एकरुपता कायम गर्ने नीति लिएको छ । गाउँपालिकाले एसइईअघि कम्तीमा दुई महिना निःशुल्क कोचिङ कक्षा चलाउने भएको छ ।

‘उपाध्यक्ष छात्रवृत्ति’ कार्यक्रमअन्तर्गत दलित, महिला र अपाङ्गता परिचयपत्र प्राप्त विद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिष्ट्रेन शुल्क र परीक्षा शुल्कवापतको रकम गाउँपालिकाले व्यहोर्ने निर्णय गराएको छ । यस्तै प्रत्येक वर्षको एसइई परीक्षामा पालिकाभित्रबाट सर्वोत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई एक–एक थान ब्राण्डेड ल्यापटपसहित सम्मान गर्ने भएको छ । यस्तै कक्षा ८ को वार्षिक परीक्षामा सर्बोत्कृष्ट नतीजा ल्याउने एक छात्र र एक छात्रालाई पुरस्कृत गर्ने घोषणा गाउँपालिकाले गरेको छ ।

+2 School
Counseling
Bachelors Portal