After SEE Portal

हिसानमा पुनः सिलवाल

Bridge Course

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)को अध्यक्षमा रमेश सिलवाल पुनः निर्वाचित भएका छन् ।

हिसानको आगामी कार्यसमितिमा प्रायः पुरानै पदाधिकारी दोहरिएका छन् । पुरानै समूहको नाम घोषणा हुँदा कतिपयले यसप्रति आपत्ति जनाउँदै असन्तुष्टि व्यक्त गरेका थिए । हिसानको निर्वाचन प्रक्रिया हिजो शनिबार थियो ।

युवराज शर्माले सामाजिक सञ्जालमार्फत आगामी अध्यक्ष पदका लागि मत मागिसकेका थिए । प्रजातान्त्रिक धारकाहरूले माधव बराललाई अध्यक्ष बनाउन निकै जोड दिइरहेका थिए ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र नवराज पाण्डे पुनः दोहोरिएका छन् ।

राजेन्द्र अधिकारी र रामहरि सिलवाल उपाध्यक्षमा बढुवा भएका छन् । महासचिवमा लोकबहादुर भण्डारी नै आएका छन् । कोषाध्यक्षमा तीर्थ पोखरेलको स्थानमा वीरेन्द्र जयना आएका छन् ।

यसअघिको कार्यकाल २०७३ साथमा आएको थियो । तीन वर्षे कार्यकाल भए पनि कोभिड–१९ लगायतका कारणले पाँच वर्ष भइसकेको थियो ।

 

A Levels MA
Thuprai - Books and E-books