काठमाडौँ, २७ फागुन (रासस) ः ललितपुरको शुभतारा विद्यालयले ३० औँ स्थापना दिवसका अवसरमा समुदायस्तरमा रोजगारमूलक तालीम र सीपका लागि साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सानोपाबाट लामाटारको १२० रोपनी जग्गाको नवनिर्मित विद्यालय भवनमा सामुदायिक पुस्तकालय स्थापनाका साथै साक्षरता कार्यक्रम सञ्चालनको तयारी गरिएको विद्यालयका संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले जानकारी दिनुभयो ।
आगामी चैत २ गते विद्यालयको स्थापना दिवसमा मेला आयोजना गरी सङ्कलित रकमबाट विपन्न र असहाय विद्यार्थीका लागि छात्रवृत्तिका लागि सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।
विद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित शिक्षा दिएको उहाँले जिकिर गर्नुभयो ।