After SEE Portal

स्थानीय पाठ्यक्रम बनाउँदै शुक्लाफाँटा नगरपालिका

Bridge Course

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । नगरपालिकाले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार आगामी शैक्षिक सत्रदेखि नगरपालिकाभित्र सम्पूर्ण विद्यालयमा कार्यान्वयन हुने गरी पाठ्यक्रम निर्माणको कार्यलाई तीव्रता दिएको छ ।

नगरपालिकाले आधारभूत तहको कक्षा १ देखि ८ सम्म स्थानीय ज्ञान, सिप, प्रविधि र संस्कृतिलाई जोड दिई स्थानीय पाठयक्रम निर्माण गर्ने भएको छ ।

चालू शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम निर्माण गरिने नगर शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले बताए । 'पाठ्यक्रमको खाका (ड्राफ्ट) तयार गर्नका लागि नगरपालिकाका विद्यालयका प्रधानाध्याकहरुको विज्ञ समिति गठन गरी कार्य अन्तिम चरणमा पुगेको छ ।' उनले भने, 'खाका तयार भएपछि नगर क्षेत्रका शिक्षा क्षेत्र समृद्ध व्यक्तिसँग छलफल र परामर्श लिई खाकालाई अन्तिम रुप दिई पाठ्यक्रमका रुपमा लागू गरिने छ ।' अर्को शैक्षिक सत्रमा कक्षा ४ देखि ८ सम्मको स्थानीय पाठयक्रम निर्माण गरि लागू पर्ने उनको भनाइ छ ।

स्थानीयस्तरका विषयवस्तुहरु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने अभिप्रायले शैक्षिक सामग्री तयार गर्ने कार्य भैरहेको छ । पाठ्यक्रममा यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक, आर्थिक पक्षसँगै जैविक विविधता, नदी, ताल, तलैया, वन सम्पदा, खनिज पदार्थ, जलवायु परिवर्तन, विपद्, योग, खेलकुद, असल सामाजिक कार्यक्रमहरु, स्थानीय पेसा व्यवसायलाई पाठ्यक्रममा समावेश गरिनेछ ।

A Levels MA
Thuprai - Books and E-books