
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका विभिन्न आठ विश्वविद्यालयहरूमा रिक्त रहेको उपकुलपति पदका लागि स्वीकृत उम्मेदवारहरूमध्येबाट अल्पसूची (सर्टलिस्ट) प्रकाशन गरेको छ ।
"विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३" बमोजिम सिफारिस समितिको मिति २०८३ साल जेठ २२ गते बसेको बैठकको निर्णयानुसार उम्मेदवारहरूको नामावली वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको हो । उपकुलपति छनोट प्रक्रियामा पारदर्शिता र जनसहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले सिफारिस समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूका बारेमा सर्वसाधारण र सरोकारवालाहरूसँग राय सुझाव समेत माग गरेको छ ।
सार्वजनिक सूचना अनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूका सम्बन्धमा कुनै राय वा सुझाव भएमा आगामी २०८३ जेठ २५ गतेभित्र मन्त्रालयद्वारा उपलब्ध गराइएको गुगल लिङ्क (Google Link) प्रयोग गरी पठाउन अनुरोध गरिएको छ ।
विश्वविद्यालय र सर्टलिस्टमा परेका उम्मेदवारहरू:
-
त्रिभुवन विश्वविद्यालय: अमर प्रसाद यादव, कवि प्रसाद पोखरेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंक नाथ धमला, तारा प्रसाद भुसाल, दुर्गा दत्त पौडेल, नन्द बहादुर सिंह, भोला थापा, र राम प्रसाद रेग्मी ।
-
सुदूरपश्चिम विश्वविद्यालय: किशन दत्त भट्ट, खेम राज जोशी, चेत राज भट्ट, जगत कृष्ण पोखरेल, डमरु चन्द्र भट्ट, पदम राज जोशी, महेश कुमार जोशी, राजेन्द्र जोशी, राम प्रसाद घिमिरे, र विष्णु विलास अधिकारी ।
-
पूर्वाञ्चल विश्वविद्यालय: अजय भट्टराई, अनिल कुमार पोखरेल, अशोक कुमार झा, जनार्दन लामिछाने, दिलिप पराजुली, देवेन्द्र अधिकारी, नरेन्द्र कटुवाल, माधव लम्साल, विजु कुमार थपलिया, र सुजन बाबु मरहट्टा ।
-
मध्यपश्चिम विश्वविद्यालय: कल्याणी मिश्र त्रिपाठी, कवि प्रसाद पोखरेल, चन्द्रप्रसाद रिजाल, देव बहादुर खड्का, नन्द बहादुर सिंह, पन्ना थापा, राजन सुवाल, लक्ष्मण ज्ञवाली, सरोज कोइराला, र सुशिल कुमार शाही ।
-
पोखरा विश्वविद्यालय: चेत राज भट्ट, ज्ञानेश्वर शर्मा, दिपक बहादुर भण्डारी, दिलिप पराजुली, देवेन्द्र अधिकारी, निर्मला जमकटेल, विजय सिंह सिजापती, विर बहादुर खनाल क्षेत्री, सरोज कोइराला, र सुजन बाबु मरहट्टा ।
-
कृषि तथा वन विज्ञान विश्वविद्यालय: अर्जुन कुमार श्रेष्ठ, ऋषि राम कट्टेल, कल्याणी मिश्र त्रिपाठी, कालिका बहादुर अधिकारी, पुष्कर बहादुर पाल, बलराम कुमार भट्ट, लाल प्रसाद अम्गाई, विमल कुमार लाल कर्ण, विष्णु विलास अधिकारी, र होम बहादुर बस्नेत ।
-
राजर्षि जनक विश्वविद्यालय: अमर प्रसाद यादव, अशोक कुमार झा, नन्द किशोर साह, नरेन्द्र कटुवाल, राज नारायण यादव, रास बिहारी महतो, वसन्त कुमार कर्ण, विमल कुमार लाल कर्ण, श्याम किशोर महतो, र श्याम नारायण लाभ ।
-
लुम्बिनी बौद्ध विश्वविद्यालय: चन्द्रकला घिमिरे, तिलक राम आचार्य, दीपक प्रसाद आचार्य, फणीन्द्र कुमार न्यौपाने, यशोधरा भेटुवाल, शारदा पौडेल, र सुरेन्द्रमान बज्राचार्य ।





