After SEE Portal

१८ जनालाई शिक्षाज्योति पदक,७ जना प्रधानाध्यापकलाई  प्रबल जनसेवाश्री पदक

Bridge Course

राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । राष्ट्रपति भण्डारीले शिक्षाक्षेत्रमा यउल्लेखनीय कार्य गरेको भन्दै १८ जनालाई शिक्षाज्योति पदक  प्रदान गर्ने घोषणा गरेकी हुन् । उक्त पदक प्राप्त गर्नेमा ७ जना शिक्षक, ८ जना शिक्षासेवी र तीन जना पुस्तकालयसेवी रहेका छन् । 

पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परीक्षा बोर्डका गणित विज्ञ तथा कोटेश्वरस्थित सरस्वती माविका शिक्षक सुशील खनाल, नीलवाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डा जानुका नेपाल , भीमोदय नमूना विद्यालयका प्रधानाध्यापक  डा. हरी प्रसाद कंडेल तथा पन्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक विनीता रन्जित लगायतलाई संविधान दिवसको अवसरमा प्रबल जनसेवाश्री पदक प्रदान गर्ने घोषणा गरिएको छ । संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको छ ।

सार्वजनिक नामावलीमा नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ । यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।

विभूषित हुनेहरूको नामावली

A Levels MA