A Levels MA

कक्षा १२ सम्म निःशुल्क  गर्दै शंखरापुर

काठमाडौंको शंखरापुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । शुक्रबार साँखुमा भएको नगरसभाले आगामी आर्थिक बर्ष २०७९÷८० का लागि १ अर्व ४० करोड ४८ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

सो नगर सभाले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म निःशूल्क शिक्षा दिने निर्णय गरेको छ ।

कक्षा १ देखि ३ सम्म नेपाल भाषा र तामाङ भाषाको पाठ्यक्रम तयार गरी मातृभाषाबाट पठनपाठन गरिने

विद्यालय स्तरबाटै मार्सल आर्टका खेलाडी उत्पादन गरी शंखरापुर नगरपालिकाका खेलाडीलाई अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादन गर्ने निर्णय गरेको छ ।

Thuprai - Books and E-books