A Levels MA

लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको शत्रान्त परीक्षा हुने

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको  परीक्षा तालिका सार्वजनिक भएको छ ।

भाद्र ३० गते मंगलबार बुटवलमा वसेको स्वायत्त परीक्षा संचालक समितिको बैठकले एम.वि.ए.-वि.एफ प्रथम शत्रान्त, एम.वि.ए.-वि.एफ, तेश्रो शत्रान्त र वि.वि.ए.-एफ.ए दोश्रो शत्रान्तको परीक्षा भौतिक दुरी कायम गर्दै बुटवलमा संचालन गर्ने निणर्य गरेको हो ।

सार्वजनिक सुचना अनुसार एम.वि.ए.-वि.एफ तेश्रो शत्रान्तको परीक्षा २०७७ कार्तिक १७ गतेदेखि, एम.वि.ए.-वि.एफ प्रथम  शत्रान्तको परीक्षा  मंसिर ७ गतेदेखि र वि.वि.ए.-एफ.ए दोश्रो शत्रान्तको परीक्षा मंसिर ८ गतेदेखि सञ्चालन हुने भएको हो ।भाद्र महिनामै हुनुपर्ने परीक्षा बढ्दो कोरोना संक्रमणका कारण हुन नसकेको र विद्यार्थीहरुको शैक्षिक क्यालेण्डरमा असर नपरोस् भन्ने चाहनाका साथ कार्तिकबाट गर्न लागिएको क्याम्पसले जनाएको छ ।

परीक्षा सम्बन्धी सूचनामा परीक्षा केन्द्र लुम्बिनी वाणिज्य क्याम्पस रहने भनि उल्लेख गरिएको छ भने तोकिएको परीक्षा मितिमा कुनै आकस्मिक विदा पर्न गएमा पनि क्याम्पसको जानकारी विना परीक्षा स्थगन नहुने व्यहोरा समेत सूचनामा उल्लेख छ । 

परीक्षा उच्च सतर्कता अपनाउदै आवश्यक भौतिक दुरि कायम गर्दै स्वास्थ्य मापदण्ड अवलम्बन गरीसुरक्षाका साथ संचालन गर्न लागिएको क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो । साथ,ै उहाँले एक दिनमा एक तहको परीक्षा मात्र संचालन गरिेने, परीक्षार्थीलाई दुई/दुई मिटरको दुरिमा राखिने, परीक्षा सकिएपछि परीक्षा कोठा निर्मलीकरण गरिने, विद्यार्थीहरुलाई मास्क पञ्जा अनिवार्य गराइने, स्यानिटाइजरको व्यवस्था गरिने, विद्यार्थीहरुलाई परीक्षा सुरु हुनुपुर्व र पछि पनि समुहमा बस्न नदिइने लगायतको प्रवन्ध गर्न लागिएको बताउनुभयो ।

Thuprai - Books and E-books