After SEE Portal

विद्यार्थीलाई लक्षित गरी स्वःअध्ययन सामग्री

Bridge Course

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिकाले विद्यार्थीलाई लक्षित गरी स्वःअध्ययन (स्वःसिकाइ) सामग्री तयार गर्ने भएको छ ।

कोरोना महामारीका कारण विद्यालयहरु बन्द भएकाले विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न सहजता पुर्‍याउने उद्देश्यले स्वःअध्ययन सामग्री तयार गर्न लागिएको हो ।

पहिलो चरणमा नगरमा रहेका कूल १६ वटा समुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई हरेक विषयको फरक फरक स्वःअध्ययन सामग्री तयार गर्ने योजना रहेको नगर प्रमुख भिम बहादुर थापा (भरत)ले बताए । एक पटक तयार गरिएको अध्ययन सामग्री एक साताका लागि मात्र तयार हुनेछ ।

सो स्वःअध्ययन सामग्री विद्यार्थीले आफ्नो विद्यालयका शिक्षकमार्फत आ—आफ्नो घर घरमा प्राप्त गर्न सक्नेछन् । एक सातापछि पुनः सोही प्रक्रिया अनुसार थप एक साताको लागि स्वःअध्ययन सामग्री विद्यार्थीले पाउने गरी व्यवस्थापन गर्ने योजना छ ।

विद्यार्थीले आफ्ना अभिभावकको सहयोगमा सो सामग्री अध्ययन गर्न सक्ने छन् । यसरी गरिएको अध्ययनपछि आवश्यक परेको खण्डमा विद्यार्थीले विषयगत शिक्षकसंग टेलिफोन वा इन्टरनेटको माध्यमद्वारा सहकार्य गर्न सक्ने गरी बनाइने भएको छ । यसअघि विद्यार्थीलाई लक्षित गरी रेडियो तथा इन्टरनेटद्वारा शैक्षिक गतिविधि अघि बढाए पनि सो प्रति विद्यार्थीले खासै रुसी नराखेपछि फरक शैलीमा स्वःसिकाई सामग्री व्यवस्थापन गर्न लागिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख  उपसचिब विष्णु प्रसाद देतामेले बताए ।

टोल टोलमा पढाइ

बझाङ कोरोना भाइरस (कोभिड— १९) सङ्क्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ । विद्यालय बन्द भएपछि नियमित पठनपाठन र परीक्षा प्रभावित भएका छन् । शिक्षण कार्यलाई नियमित बनाउन शहरी क्षेत्रका केही विद्यालयले अनलाइन कक्षा सुरु गरेका छन् । तर बझाङमा बालबालिकाको शिक्षा अवस्था सुधारका लागि विगत पाँच वर्षदेखि कार्य गर्दै आएका प्रारम्भिक तह पढाइ कार्यक्रम परियोजनाले जिल्लाको टोल टोलमा पुगेर पढाउन शुरु गरिएको छ ।

परियोजनाले यहाँको टोल टोलमा पुगेर विद्यार्थीलाई जम्मा गरी पढाउन थालेको तल्कोट गाउँपालिका—६ स्थित भगवती प्राथमिक विद्यालयका शिक्षक प्रेम विष्टले बताए । “विगत चार महिनादेखि दैनिक तीन घण्टा टोल टोलमा कक्षा सञ्चालन गर्दै आएका छौं” उनले भने, “वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्देशनानुसार अभिभावकहरूको सहयोगमा टोलटोलमा पुगेर पढाउन थालेका हौं, यसले विद्यार्थीको पढाईमा सहयोग पुगेको छ ।”

गाउँमा रहेका चौतारी, प्रतिक्षालयलगायतका ठाउँमा पठनपाठन हुँदै आएको छ । यसरी टोलटोलमा नै विद्यार्थीहरु जम्मा गराएर पठनपाठन गराउँदा अभिभावक र विद्यार्थी दुबै खुसी भएका छन् । लामो समयपछि पढ्न पाउँदा विद्यार्थीहरू उत्साहित भएको शिक्षक शिव विष्टले बताए । सामाजिक दूरी कायम गरेर विद्यार्थीलाई पढाउने गरेको उनको भनाइ छ ।

विद्यार्थीलाई कितावको ज्ञान भन्दा पनि नेतृत्व विकास, कला, लेखनसीपका साथै हात धुने तरिका, सरसफाई, आत्मबल बढाउने विषयमा सिकाउँदै आएको परियोजनाको जिल्ला संयोजक कृष्णराज रेग्मीले जानकारी दिए । उनले यो कार्यक्रमले विगतदेखि नै बालबालिकाको पढाईमा गुणात्मक सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै कोरोना महामारी र लकडाउनको समयमा पनि बालवालिकाकोे पढाईलाई निरन्तरता दिनका लागि टोल शिक्षा कार्यक्रम शुरु गरेको जानकारी दिए ।

सानो समूह बनाएर कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट सचेत रहँदै पढाइ सञ्चालन गरेको उहाँको भनाइ छ । जिल्लाका ३७ टोलबस्तीमा टोल शिक्षा कार्यक्रम सञ्चालन हुँदै आएको छ । कक्षा एकदेखि पाँचसम्म पढ्ने बालबालिकालाई टोल टोलमा जम्मा गरेर हप्ताको एक दिन पढाउने गरेको बताइएको छ ।

जिल्ला दुई सयभन्दा बढी बालबालिका टोल शिक्षा कार्यक्रममा सहभागी भएको परियोजनाले जनाएको छ । “वैशाख र जेठमा कथा वाचन, सुनाइ बोध, पढाइ बोधका साथै अन्य शैक्षिक गतिविधि गरेर बालबालिकालाई शैक्षिक ज्ञान दियौं”, परियोजनाका पढाई उत्प्रेरक माधुरी जोशीले भन्नुभयो, “अहिले विद्यालयमा पुस्तक आइसकेपछि किताव हेरेर पढाउने गरेका छौं ।” यो परियोजनाबाट टोल शिक्षा सुरुवात गरेपछि अहिले तल्कोट र साइपाल गाउँपालिकामा शिक्षकहरु पनि यो कार्यक्रममा सहभागी भएर विषयगत ज्ञान दिने गरेका छन् ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ । महामारीको यो अवस्थामा विद्यालयमा नै पठनपाठन सम्भव नभएपनि टोलटोलमा पुगेर पढाउँदा बालबालिकालाई सहज भएको बताइएको छ ।

A Levels MA