After SEE Portal

आजदेखि एसईई सुरु (परीक्षा तालिकासहित)

Bridge Course

अहिले बिहान ८बजेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदै छ । एसईईमा कर्णालीबाट सबैभन्दा कम परीक्षार्थी सहभागी हुँदैछन् । कर्णालीबाट ३९ हजार ६६८ जना परीक्षार्थी परीक्षामा सामेल हुँदैछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशबाट सबैभन्दा धेरै एक लाख ३७० जना परीक्षार्थी सहभागी हुने बोर्डले जानकारी दियो । बोर्डका अनुसार यो वर्ष मधेश प्रदेशबाट ८१ हजार ३९७ जना परीक्षार्थी सहभागी हुने भएका छन् । यो वर्ष दोस्रो परीक्षार्थी बढीको प्रदेशका रुपमा मधेश रहेको छ भने कोशी प्रदेशबाट ७७ हजार ४१५, गण्डकीबाट ४० हजार ९७७, लुम्बिनीबाट ७९ हजार ५१६, सुदुरपश्चिमबाट ५५हजार ७६८ जना  रजापानबाट २३ जना विद्यार्थीले पनि परीक्षा दिने बोर्डले जानकारी दियो ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालय एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

 ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले जापानको एक सहित २ हजार ६४ परीक्षा केन्द्रमा परीक्षा दिँदै छन् । अहिले आठ बजेदेखि पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुदैछ ।

यो परीक्षा पहिला जस्तै सामान्य भएको हुँदा विद्यार्थीलाई हतोत्साहित नहुन नियन्त्रक पौडेलले आव्हान गरे । ‘सबै प्रश्न बोधतहबाट सोधिएको छ, सरलबाट सुरु भएर स्तर अनुसार केही जटिल प्रश्न छन् ।’ नियन्त्रक पौडेलले भने, ‘विद्यार्थीले आफ्नो ज्ञान, बोध, र संज्ञानात्मक ज्ञानका आधारमा नै उत्तर दिन सक्छन् परीक्षा सजिलो छ ।आत्तिनु पर्दैन राम्ररी बुझेर परीक्षा दिए हुन्छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेर यस वर्षको परीक्षामा लागू गरेकाले अब सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने भएको छ । 

परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनैपर्ने बताए ।

परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने बताए ।

उनले ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको जानकारी दिए । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

 

A Levels MA
Thuprai - Books and E-books