एसईई क्षेत्रीय स्तरमा सञ्चालन हुनुपर्ने

माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन गर्न आवश्यक नभएको राष्ट्रिय परीक्षाबोडका परीक्षा नियन्त्रक (कक्षा १०) रामराज खकुरेलले बताए ।

 

इडीयु सञ्जालले सञ्चालन गरेको इडियु संवाद कार्यक्रममा  उनले यस्तो धारणा राखेका हुन् । सो कार्यक्रममा  प्रतिक्रिया दिँदै उनले भने, ‘माध्यमिक तह कक्षा १२ सम्म बनाइए पछि कक्षा १०को परीक्षा प्रदेश तथा क्षेत्रीय स्तरमा सञ्चालन गर्नु पर्छ ।’

पाठ्यक्रमको लक्ष्य अनुरुप तयार गरिएको विशिष्टीकरण तालिका  अनुसार सबै विद्यालयले  स्तरीकृत मूल्यांकन  गर्छन् गर्दैनन् भन्ने विषयमा आशंका  गर्ने प्रशस्त ठाउँ हुने हुँदा  आगामी वर्षको एसईई क्षेत्रीय  स्तरमा  सञ्चालन गरिनु पर्ने उनले बताए । एसईईलाई विद्यालय, विद्यार्थी र अभिभावकले हाउगुजीको रुपमा  नहेरी अन्य कक्षाको सामान्य परीक्षा जस्तै गर्नुपर्ने धारणा व्यक्त गरे  । 

आगामी हप्ताका सुरुका दिनमा २०७६ को एसईई परीक्षाको नतिजा सार्वजनिक हुने उनले जानकारी गराए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal