एसईई परीक्षाः सबै केन्द्रमा हेल्थ डेस्क

आगामी ६ चैतदेखि हुने एसईई परीक्षालाई मध्येनजर गर्दै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने तयारी थालिएको छ ।

विद्यार्थीको स्वास्थ्य अवस्था, एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना लगाएतका विद्यार्थीसँग सम्बन्धि विषयमा अध्ययन गर्ने योजना सरकारले बनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा जरुरी बैठक बसेको थियो ।

शुक्रबार बसेको सो बैठकले शिक्षा मन्त्रालयका सहसचिव दिपक शर्मा र स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीको संयोजकत्वमा गठीत समितिले विभिन्न तीन निर्णय गरेको छ । एसईई परीक्षामा सहभागी विद्यार्थीहरुकोे स्वास्थ्यलाई ध्यानमा राख्दै एक हजार स्वयमसेवक परिचालन गरिने  निर्णय भएको छ ।

देशभरका एक हजार नौ सय ९४ वटा परीक्षा केन्द्रमा हेल्थ डेस्क निर्माण गरिनेछ । विभिन्न अस्पताल, स्वास्थ्य संस्था र स्थानिय तहसंग समन्वयन गरेर अघि बढ्ने सरकारको तयारी छ । 

Thuprai - Books and E-books