After SEE Portal

एनओसी लिनेको भीड व्यवस्थापन गर्न स्काउट परिचालन

Bridge Course

नो अब्जेक्सन लेटर  (एनओसी)  लिनेहरुको भीड व्यवस्थापन गर्न स्काउटका विद्यार्थीलाई खटाइएको छ । एनओसी शाखामा अहिले आठ जनाको स्काउट टोलीले भीड व्यवस्थापनमा सहजीकरण गरिरहेका छन् ।

लाइन व्यवस्थापन गर्दै स्काउट प्रतिनिधि

एनओसी जारी गर्ने कार्यलाई व्यवस्थित गर्ने मामिलामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सहयोग माग्दा कुनै सहयोग नपाएको भन्दै वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख शान्तिराम पौडेलले आजबाट लागू हुने गरी राजीनामा दिएका छन् ।

आजै विहान ९ बजे शिक्षामन्त्री सुमना श्रेष्ठ सानोठिमीस्थित शाखामा अनुगमन गर्न गएकी थिइन् । उनले त्यहाँका कर्मचारीसँग परामर्श गरी भीड व्यवस्थापन गर्न आफूले सहयोग गर्ने बताएर फर्किएकी थिइन् ।

लाइन व्यवस्थापन गर्दै स्काउट प्रतिनिधि

उनी फर्किएको डेढ घण्टापछि स्काउटको एउटा टोली त्यहाँ पुगी भीड व्यवस्थापनमा परिचालन गरिएको छ ।

भीडलाई आफूहरूले व्यवस्थापन गर्न सक्दो प्रयत्न गर्ने स्काउट लिडर रिजन तिवारीले बताए । उनले एनओसीका लागि शाखाले दिएको निर्देशन वा शाखाले बोलाएको समयमा आउन सबै विद्यार्थीलाई सल्लाह दिने बताए । ‘आज भीड व्यवस्थापनका लागि अध्ययन गर्छौं सकेको सहयोग गर्छौं तर शाखाले दिएको समयमा आउनेले लाइनमा बसाउँछौं ढिलो वा चाडो आउनेलाई लाइन बाहिर बस्न लगाउँछौं, टायम कार्डको प्रयोग गर्न सुझाउछौं ।’

प्रहरीलाई परिचालन गर्नुपर्नेमा स्काउटको टोलीलाई परिचालन गरिएकोमा नकारात्मक टिप्पणी सुरु भएको छ ।

पछिल्लो समय एनओसी लिनेको संख्या बढेपछि शाखालाई वयवस्थापन गर्न हम्मे परिरहेको छ ।

यसैविच आजबाटै मन्त्रालयबाट निमित्त प्रमुखको कार्यभार सम्हाल्न पुगेका शाखा प्रमुख बासुदेव वस्तीले सर्वर तथा अन्य व्यवस्थापन गरी सात दिनभित्र भीड कम गर्ने प्रतिवद्धता व्यक्त गरे ।  ‘सर्वरको समस्या तथा अन्य समस्याको सम्बोधन गरेर सात दिन भित्र यो समस्या समाधान गरेर मात्र र्फकन्छु ।’ इडियुपत्रसंग प्रतिक्रिया दिँदै उनले भने, ‘शाखामा कार्यरत साथीहरू एक्सपोट हुनुहुन्छ, उहाँहरूको मेहनतको प्रोत्साहन गरेर भए पनि हामी भीड व्यवस्थापन गर्छौं यसका लागि मन्त्रालयले पनि सहयोग गर्नुपर्छ, आशा छ गर्नुहुन्छ ।’

A Levels MA
Thuprai - Books and E-books