After SEE Portal

विराटनगरका विद्यालय खुले

Bridge Course

कोरोना संक्रमणका कारण विगत नौं महिना अघिदेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि पुनः सञ्चालनमा आएका छन् । महानगरले तय गरेको सङ्क्रमणको जोखिम, विद्यार्थी सङ्ख्या तथा उपलब्ध भौतिक पूर्वाधारअनुसार विद्याललय सञ्चालन गर्न सात बुँदे विकल्प अनुसार महानगरका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् ।

विद्यार्थी संख्या अनुसार सिफ्टमा विद्यालय सञ्चालन गरिने महानगरले जानकारी दियो । सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलगअलग समयमा अलगअलग कक्षा वा तह सञ्चालन गर्ने, कक्षालाई पहिले र दोस्रो कक्षापछि शुरु गर्ने, कक्षा सञ्चालनको घण्टी छोट्याउने, पालैपालो कक्षा सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थीलाई अर्को दिन वा सिफ्टमा सञ्चालन गर्नेगरी पालैपालो कक्षा सञ्चालन गर्ने र सातामा केही दिनमात्र कक्षा सञ्चालन गर्नेलगायत कार्यविधि बनाइएको नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले बताए ।

विद्यालय स्वास्थ्य सुरक्षा मापदण्डअनुसार विद्यालय सञ्चालन हुने उनले जानकारी दिए । मोरङका १७ स्थानीय तहमध्ये विराटनगर बाहेकका अन्य स्थानमा भने विद्यालय सञ्चालनमा आइसकेका छन् ।

A Levels MA