काठमाडौंका विद्यालय फागुन १ गतेदेखि खुल्ने

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन एक गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्न सिफारिस गरेसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक संस्था खोल्ने निर्णय गरेको छ ।

हिजो मध्यरातदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दे विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आगामी फागुन १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

 ‘१२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित र १२ वर्ष पूरा नभएका बालबालिकालाई विद्यार्थी संख्याका आधारमा सम्बन्धित स्थानिय तहको समन्वयमा विद्यालय व्यावस्थापनले आलोपालो गरी कक्षा सञ्चालन गर्न सक्ने’ प्रशासन कार्यलयले जारी गरेको आदेशमा, ‘सबै किसिमका परीक्षाहरु स्वस्थ्य मापदण्ड पूर्ण पालना गरी जेड आकारमा सिट व्यावस्था गरी फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने छ ।’

Degrees offered in nepal
Counseling
Bachelors Portal