विद्यालय तथा विश्वविद्यालयमा चैत्र मसान्तसम्म पठनपाठन बन्द

बालविकास केन्द्रदेखि विश्वविद्यालयको पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि सरकारले बन्द गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आठौं बैठकले विद्यालय तथा विश्वविद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

समितिको बैठकले भोलिदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) भने प्रत्येक केन्द्रमा स्वास्थ्य जाँचसहित हेल्थ हेस्कको स्थापना गरी सुरक्षित तरिकाले सञ्चालन गर्ने निर्णय गरेको छ । भोलिदेखि सुरु हुने एसईईमा १ हजार ९९५ परीक्षा केन्द्र र ४ लाख ८२ हजार २१९ छात्रछात्राले परीक्षा दिँदै छन् ।

Thuprai - Books and E-books