After SEE Portal

विद्यालय कर्मचारीको आन्दोलन स्थगित

Bridge Course

विद्यालय कर्मचारीहरुले जारी राखेको आन्दोलन तत्कालका लागि स्थगन गरिएको छ ।

आन्दोलनरत नेपाल विद्यालय कर्मचारी युनियन, नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घ र नेपाल विद्यालय कर्मचारी परिषद्ले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी आन्दोलन स्थगित गरेको जानकारी दिएका छन् ।

सरकारले आफूहरुसँग वार्ता गर्न टोली गठन गरेकोले संवादलाई वार्ताका माध्यमबाट अगाडि बढाउन र जनभावनाको उच्च कदर गर्दै आन्दोलनको कार्यक्रम फिर्ता लिइएको आन्दोलनकारीहरुको भनाइ छ ।

सर्वाेच्च अदालतको फैसला सरकारले कार्यान्वयन नगरेमा पुनः आन्दोलनका कार्यक्रम जारी राख्ने चेतावनी दिइएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत कर्मचारीसँग वार्ता गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीका विषय परे पनि बजेटमा नपरेपछि उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

A Levels MA