सरकारले निर्वाचनका लागि चार दिन शिक्षण संस्था बिदा गर्ने भएको छ ।
मंसिर ४ गते आइतबार हुन गई रहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान स्थल रहेका विद्यालयहरूमा २ गतेदेखि ५ गतेसम्म बिदा दिने भएको छ ।
सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।