After SEE Portal

विद्यालय कर्मचारी परिषद्ले प्रदेश र स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउने

Bridge Course

नेपाल विद्यालय कर्मचारी परिषद्ले  आफ्ना माग सम्बोधन गर्न गराउनका लागि प्रदेश तथा स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । समयानुकूल सेवा सुविधाका लागि प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउने भएको हो ।

परिषद्को विजयस्मारक मावि डिल्लीबजारमा हिजो बसेको दोस्रो पूर्ण बैठकले कर्मचारीलाई राज्यले दिने तलबभत्ता र सेवासुविधाका विषयमा  सातओटै प्रदेश र ७५३ ओटै  स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए ।

महासचिव  योगीका अनुसार जेठ २७ गते ७ ओटै प्रदेश सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, जेठ ३० गते ७५३ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने र नेपाल शिक्षक महासंघसंग समन्वय गर्दै नयाँ  निर्णय  गर्ने भएको छ।

विद्यालयमा लेखापाल र कार्यालय सहयोगी गरी दुई तहका कर्मचारी छन्। लेखापालले मासिक २० हजार पाँच सय रुपियाँ र कार्यालय सहयोगीले १५ हजार रुपियाँ तलब बुझ्दै आएका छन्। आगामी वर्षको बजेट वक्तव्यमार्फत सरकारी कर्मचारीको तलब सुविधा १५ प्रतिशत बढाउने घोषणा गरिसकेको छ । 

A Levels MA
Thuprai - Books and E-books