विद्यालयमा स्काउट अभियान सञ्चालन: मुख्यमन्त्री शेरधन राई

विराटनगर, ४ वैशाख (रासस):  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको सहकार्यमा १३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेज स्काउट अभियान शुरु गरेको बताउनुभयो ।नेपाल स्काउट प्रदेश नं १ अन्तर्गत स्काउट आधारभूत तालीमको आज यहाँ उद्घाटन गर्दै उहाँले बालबालिका र युवा मानसिक, सामाजिक र अनुशासित बनाई समाज विकासका साथै राष्ट्रको विकासमा सहभागी गराउन स्काउट सफल हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले नेपाल स्काउट मुलुकमा राजनीतिक स्थिरताका कायम भएसँगै राजनीतिक पीडितको अवस्थाबाट अन्त्य भएको भन्दै मुलुकको सङ्घीय संरचनामा रुपान्तरण भई प्रष्ट र आफ्नो सिद्धान्तमा परिचालन भई समाजमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।उहाँले मुलुकमा शान्ति र राजनीतिक स्थिरता कायम रहेको अवस्थामा तीन तहका सरकारले विकासका आफ्नो लक्ष्यमा अगाडि तीव्र गतिमा अगाडि बढिरहेकोले जनताले त्यसको अनुभूति चाँडै अनुभव गर्न पाउने बताउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले सम्भावनाका योजनाको आधविधक गर्नेकार्य गरिरहेको बताउँदै योजना बैंक, लगानी सम्मेलन, प्रदेश विकासको नयाँ मोडललगायतका सोचका साथ अगाडि बढिरहेको जानकारी दिनुभयो ।उहाँले अबको केही दिनभित्रमा प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गाउने र त्यसपछि योजनाबद्ध विकासको थालनीका शुरु गर्ने बताउनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई दुव्र्यवनीबाट मुक्त बनाउन तथा परोपकार भवना जगाउन स्काउटमा लाग्नुपर्नेमा जोड दिनुभयो ।उहाँले प्रत्येक विद्यालय र कलेजमा स्काउटलाई उच्च प्राथमिकता राख्नुपर्नेमा जोड दिँदै बालबालिकामा सिर्जनात्मक भावना जगाई समाजसेवी र नैतिकवान बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले समाजमा रहेको विकृति र विसङ्गति रोक्न र युवालाई अनुशासित बनाउन नैतिक शिक्षाको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदार न्यौपाने, प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीलगायतले स्काउटले समाज सेवाको भावना जगाउन विद्यालयस्तरमा कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।प्रदेशका १३७ स्थानीय निकायका ३२७ पुरष र १९५ महिला प्रशिक्षकले छ दिनसम्म आधारभूत तालीममा सहभागी हुनेछन्