After SEE Portal

विद्यालय सम्बन्धी गतिविधि ५५ (पूर्णाङ्क २६०) प्रकाशित

Bridge Course

शिक्षा तथा मानव स्रोत केन्द्रले २०७९–८० २०७९÷०८० अङ्क–१ विद्यालय शिक्षासम्बन्धी गतिविधि–५५ (पूर्णाङ्क २६०) विद्यालय सम्बन्धी गतिविधि ५५  प्रकाशित गरेको छ । विभिन्न समयमा सम्पादन भएका कार्यक्रमलाई एकमुष्ट रुपमा आज प्रकाशन गरेको हो ।

सो गतिविधिमाअनुदान शिक्षक व्यवस्थापन, शिक्षक दरबन्दी माग, श्रव्यदृश्य सामग्री उन्पादन लगायतका विषय वस्तु समेटिएको छ ।

केन्द्रले ७५३ ओटै स्थानीय तहलाई चालु आव. २०७९–८० को विद्यालय शिक्षा क्षेत्र योजना तर्फ सशर्त अनुदानको रूपमा वित्तीय हस्तान्तरण भई स्थानीय तह मार्फत कार्यान्वयन हुने गरी कार्यक्रम स्वीकृत भइसकेकोहुँदा उक्त स्वीकृत कार्यक्रम तर्फको क्रियाकलाप नं २.७.१३.४० माध्यमिक तह कक्षा (९–१०) मा अंग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान र क्रियाकलाप नं २.७.१३.४१ आधारभूत तह कक्षा (६–८) मा अंग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शीर्षकको कार्यक्रममा अर्को व्यवस्था नभएसम्मका लागि गत आव. २०७८–७९ को स्वीकृत बजेट र अनुदान कोटाभन्दा बढी शिक्षक नियुक्ति नगर्न नगराउने निर्देशन दिएको छ ।

त्यस्तै, विद्यालय शिक्षाका स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई पूरक सामग्रीको रूपमाआईसीटीको प्रयोग मार्फत गुणस्तरीय श्रव्य तथा श्रव्यदृश्य पाठहरू उत्पादन गरी रेडियो र टेलिभिजनबाट प्रसारण गर्नका लागि विषयगत विज्ञ शिक्षकहरूको सूची तयार गर्नका लागि सूचिकृत हुन गरिएको सूचना समावेश गरिएको छ ।

सो सूचनामा  कक्षा १ देखि १० कक्षासम्म शिक्षण गर्नका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह र कक्षा ११ र १२ का लागि सम्बन्धित विषयमा कम्तीमा स्नातकोेत्तर तह उत्तीर्ण गरी तालिम प्राप्त गरेका र विद्यार्थीहरूको स्तर, रूची, उमेर समूह र क्षमता बमोजिम उत्प्रेरणा प्रदान गर्न सक्ने तथा विषयगत ज्ञान, सिप र कला कौशलसहित अन्तत्र्रिmयात्मक शैलीमा आईसीटीको प्रयोग गरी शिक्षण गर्नसक्ने देशभरका इच्छुक शिक्षकहरूले सूचीकृत सक्ने उल्लेख गरिएको छ । भदौ ३१ गतेभित्र रु.१० को  आवेदन दिइसक्ने पर्ने उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books