After SEE Portal

शिक्षा सुधारका लागि विद्यालय नेतृत्व सक्षम हुनुपर्छः महासचिव पोखरेल

Bridge Course

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन् ।

दाङको तुलसीपुर–६ स्थित सेन्टर माविको आठकोठे प्रशासनिक भवन उद्घाटन गर्दै उनले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सक्षम हुनुपर्नेमा जोड दिए ।

“सरकारी विद्यालयको स्तर सुधार गर्न सम्बन्धित नेतृत्व नै खट्ने हो, हामीले त्यसमा सहयोगी भूमिका नै निर्वाह गर्ने हो”, महासचिव पोखरेलले भने  ।

उक्त विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म पढाइ भइरहेको छ । कक्षा १२ मा व्यवस्थापन सङ्कायमा पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए।

उनका अनुसार विदालयले विज्ञान विषय पढाउने गरी तयारी गरिएको छ । त्यस्तै विद्यालयमा पाँचवटा प्राविधिक धारका कक्षा सञ्चालन भइरहेका छन् ।

हाल दुई हजार पाँच सय विद्यार्थी सो विद्यालयमा अध्ययनरत छन् । प्रत्येक कक्षामा सातवटा सेक्सन रहेको र तीमध्ये छवटा सेक्सन अङ्ग्रेजी माध्यामबाट पढाइ भइरहेको समेत प्रधानाध्यापक पौडेलले बताए ।

रु एक करोड ५४ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । यससँगै विद्यालयमा सातवटा भवन रहेका छन् । सो विद्यालयमा ८० शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

A Levels MA
Thuprai - Books and E-books