A Levels MA

कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयले सरकारको निर्णय कुर्नुपर्ने

विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गर्ने नीतिगत व्यवस्था गरिएको भएपनि तत्काललाई विद्यालयले सरकारको निर्णय कुर्नुपर्ने भएको छ ।

अभिभावक तथा विद्यार्थीमा कोरोना सङ्क्रमणको त्रास यथावत रहेको अवस्थामा विद्यालयले तत्काल परीक्षा तालिका सार्वजनिक गर्नुभन्दा सरकारको विद्यालय पुनः सञ्चालन सम्बन्धी निर्णय कुर्नुपर्ने भएको हो ।

सङ्क्रमणका कारण शैक्षिक सत्र २०७७ को नयाँ कक्षा सुरु नभएकै अवस्थामा कक्षा ११ को परीक्षा तत्काल सञ्चालन नगर्न राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना प्रकाशित गरी विद्यालयलाई आग्रह गरेको छ ।

सरकारले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय लिन नसकेको अवस्थामा केही विद्यालयले कक्षा ११ को परीक्षा सार्वजनिक गर्दा विद्यार्थी तथा अभिभावकमा त्रासको वातावरण सिर्जना हुन गएकोले तत्काल परीक्षा स्थगित गर्न बोर्डले यस्तो सूचना जारी गरेको हो ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा व्यवस्था भए अनुसार कक्षा ११ का आंशिक तथा ग्रेड वृद्धि परीक्षा दिने परीक्षार्थीका हकमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपूर्व र नियमित परीक्षार्थीको हकमा कक्षा १२ को परीक्षा आवेदन फाराम भर्नु अगाडि विद्यालयको अनुकुलतामा सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरी विद्यालयले नै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको भएपनि हाललाई परीक्षा सञ्चालन नगर्न बोर्डले विद्यालयलाई आग्रह गरेको बोर्डका परीक्षा नियन्त्रक नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयले सरकारको निर्णय कुर्नुपर्ने

विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गर्ने नीतिगत व्यवस्था गरिएको भएपनि तत्काललाई विद्यालयले सरकारको निर्णय कुर्नुपर्ने भएको छ ।

अभिभावक तथा विद्यार्थीमा कोरोना सङ्क्रमणको त्रास यथावत रहेको अवस्थामा विद्यालयले तत्काल परीक्षा तालिका सार्वजनिक गर्नुभन्दा सरकारको विद्यालय पुनः सञ्चालन सम्बन्धी निर्णय कुर्नुपर्ने भएको हो ।

सङ्क्रमणका कारण शैक्षिक सत्र २०७७ को नयाँ कक्षा सुरु नभएकै अवस्थामा कक्षा ११ को परीक्षा तत्काल सञ्चालन नगर्न राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना प्रकाशित गरी विद्यालयलाई आग्रह गरेको छ ।

सरकारले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय लिन नसकेको अवस्थामा केही विद्यालयले कक्षा ११ को परीक्षा सार्वजनिक गर्दा विद्यार्थी तथा अभिभावकमा त्रासको वातावरण सिर्जना हुन गएकोले तत्काल परीक्षा स्थगित गर्न ्बोर्डले यस्तो सूचना जारी गरेको हो ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा व्यवस्था भए अनुसार कक्षा ११ का आंशिक तथा ग्रेड वृद्धि परीक्षा दिने परीक्षार्थीका हकमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपूर्व र नियमित परीक्षार्थीको हकमा कक्षा १२ को परीक्षा आवेदन फाराम भर्नु अगाडि विद्यालयको अनुकुलतामा सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरी विद्यालयले नै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको भएपनि हाललाई परीक्षा सञ्चालन नगर्न बोर्डले विद्यालयलाई आग्रह गरेको बोर्डका परीक्षा नियन्त्रक नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

Thuprai - Books and E-books