सरस्वती पूजा गर्दै विद्यालय

सरस्वती पूजा या श्रीपञ्चमी वा वसन्त पञ्चमी  वा जे भने पनि आज सबै विद्यालयले विशेष पर्वका रुपमा पूजा आरधाना गरी  मनाउँदैछन् श्रीपञ्चमी ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी हेमन्त ऋतुलाई बिदा गर्दै शिशिर ऋतुको आगमनसंगै विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी मनाइँदै आएका छन् । हिउँदको जाँडोसंगै फेरिने मैसमलाई स्वागत गर्दै ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी मानिन्दै आएको छ । आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन भएकाले सरस्वतीको पीठ तथा मन्दीरमा पनि पूजा आरधाना गर्ने गरिएको छ ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ। आजैका दिनअभिभावकले आफ्ना ससाना छोराछोरीलाई अक्षराम्भ गराउँदै  विद्यालयको ढोकासम्म पुर्याउछन् भने विद्यालयले पनि विशेष अवसरका रुपमा बालबालिकालाई आजैदेखि कक्षा प्रवेश गराउँदै आउने गरेका छन् । निजी विद्यालयले पनि आज बालबालिकालाई निशुल्क भर्ना लिँदै आएका छन् । 

देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वती पूजाको विधि तोकिएको छ । ‘ब्रह्मा भिभर्त पुराण’मा प्रष्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना सहित सूर्यको अर्चना  गरी रस्वतीको उपासना गदै विद्यालयले सरस्वती पूजा गरिरहेका छन् ।

लेलेको सरस्वती कुण्ड, थिमिको सरस्वतीखेल, सूर्यपुरा रुपन्देहीको सरस्वती मन्दिर, विशालनगरको नील सरस्वती, मैतीदेवीको सरस्वती, खलङ्गा प्युठान, पालुङको घट्टेचौरको सरस्वती मन्दिरमा यो दिन विशेष मेला लाग्छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ। वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताए।

वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहनेछ।

Thuprai - Books and E-books