SEE Result 2082

तीन दिन विद्यालय बन्द

आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गरिने भएको छ ।

मतदान प्रयोजनका लागि उक्त विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान स्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरुलाई बैकल्पिक पद्दतिबाटबाट पठनपाठनको व्यवस्था गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चन ३८० को पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको चन ४१२ र ६२३०को प्राप्त पत्र बमोजिम आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न विदालय बन्द गनृ निर्देशन दिइएकोले केन्द्रले आज सबै स्थानीय तहसंग सहजीकरण गरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

+2 School
Counseling
Bachelors Portal