After SEE Portal

सबै विद्यार्थी विरामी पर्न थालेपनि विद्यालय बन्द

Bridge Course

विद्यार्थीको स्वास्थ्यमा भाइरल ज्वरो तथा रुघाखोकी बढेपछि इलामका विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । केही समयअघि इलाम नगरपालिकाभित्रका विद्यालय बन्द गरिएको थियो ।

पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेसनल एकेडेमी बन्द गरिएको हो ।परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि बिद्यालय बन्द गरिएको छ ।

ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छ । बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ ।

A Levels MA
Thuprai - Books and E-books