After SEE Portal

शिक्षकमा कारोना संक्रमण देखिए पछि विद्यालय बन्द

Bridge Course

गत साता टनकपुर तथा भारतका विभिन्न स्थानमा शैक्षिक भ्रमणको लागि गएका विद्यालयको  टोलीका सदस्यलाई कोरोना संक्रमण देखिएपछि बैशाख २ गते सम्मका लागि विद्यालय बन्द गरिएको छ ।

बुटवलको कालिका मानवज्ञान माविबाट शैक्षिक भ्रमणमा गएका सात जना शिक्षकहरूलाई  कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो ।

सो विद्यालयका प्रधानाध्यापकसहित बुटवल उप(महानगरपालिकाका करिब सय जना शिक्षकहरू शैक्षिक भ्रमणमा गएका थिए । भ्रमण टोलीका सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अरूअन्य सबै शिक्षकहरू होम–आइसोलेसनमा राखिएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य तथा शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए ।

‘कालिका मानव ज्ञानका सात जना शिक्षकहरूलाई कोरोना संक्रमण देखिएपछि गत शुक्रबारदेखि विद्यालय बन्द गरिएको छ ।’ उनले भने, ‘संक्रमित शिक्षकलाई होम–आइसोलेसनमा राखिएको छ भने भ्रमणदलका अन्य सदस्यलाई साबधानी अपनाउँदै होम क्वारेन्टाइनमा बस्न सल्लाह दिइएको छ ।’

 

A Levels MA
Thuprai - Books and E-books