After SEE Portal

अमारी प्राविको विद्यालय भवन हस्तान्तरण

Bridge Course

रुपन्देही, ११ चैत (रासस) : ‘लेडिज सर्कल नेपाल’को सहयोगमा बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको अमारी प्राविको निर्मित भवन आज हस्तान्तरण गरिएको छ ।  विपन्न समुदायका बालबालिकाले अध्ययन गर्ने सो चार कोठे भवन राउण्ड टेबल नेपालको रु चार लाख तथा सर्कल नेपालको रु १६ लाखको लागतमा निर्माण गरिएको हो । सो भवनको प्रदेशसभा सदस्य सन्तोष पाण्डेले उद्घाटन गर्नुभयो । लेडिज सर्कल नेपालका अध्यक्ष आरती अग्रवालले संस्थाले शिक्षाको गुणस्तर बढाउन विद्यालय क्षेत्रमा लगानी गरेको बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका सदस्य राजेश अग्रवाल, समाजसेवी नारदप्रसाद अग्रवाल, राउण्ड टेबलका अध्यक्ष रबी खेतान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम यादवलगायतले सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिन जरुरी रहेको बताए ।

A Levels MA