भूकम्पले क्षति पु-याएको विद्यालय भवन बल्ल शिलान्यास

विनाशकारी गोरखा भूकम्पले क्षति पु-याएको  जिल्लाको बागलुङ नगरपालिका–९ तित्याङस्थित तित्याङ माध्यमिक विद्यालयको पुनःनिर्माण बल्ल शुरु गरिएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस वर्ष बागलुङ जिल्लामा पहिलो चरणमा आठ विद्यालय पुनःनिर्माण गर्दैछ । सो विद्यालय भवनको प्रदेशसभा सदस्य इन्द्र्रलाल सापकोटाले बुधबार शिलान्यास गर्दै शैक्षिक गुणस्तरका लागि भौतिक संरचना महत्वपूर्ण रहेको बताउनुभयो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाको रु ७० लाख ४० हजार लागतमा चारकोठे भूकम्प प्रतिरोधी भवन निर्माण थालिएको प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका कार्यालय प्रमुख मोतिलाल चपाईले जानकारी दिनुभयो । 

प्रधानाध्यापक कुमारप्रसाद शर्माले बालकक्षादेखि १० कक्षासम्म विद्यालयमा २४८ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । जिल्लामा भूकम्पले क्षति पु¥याएको २१५ विद्यालयमध्ये १८८ विद्यालयमा प्राधिकरण जिल्ला कार्यान्वयन एकाइले पुनःनिर्माण गर्ने जनाइएको छ । ​

Degrees offered in nepal
Counseling
Bachelors Portal