After SEE Portal

श्रव्यदृष्य शिक्षणको समय तालिका पुनः ३१ गते सम्मका लागि सार्वजनिक

Bridge Course

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण लामो समयदेखि विद्यालय बन्द छन् । करिब ७० लाख बालबालिका अहिले विद्यालय शिक्षाबाट बञ्चित भएका छन् । सरकार अन्योलमा छ । शिक्षा मन्त्रालयले भौतिक रुपमा बालबालिका विद्यालयमा कहिले देखि जान्छन् भन्न सकिरहेको छैन । तथापि मन्त्रालयले वैकल्पिक कक्षालाई भने निरन्तरता दिइरहेको छ । मन्त्रालयले विभिन्न संघसंस्था तथा सञ्चार माध्यमसंग सहकार्य गर्दै विद्यालय स्तरका कक्षालाई निरन्तरता दिएको हो ।

केही शिक्षाविद्हरु तत्काल शैक्षिक सत्र सञ्चालनको घोषणा गरी वैकल्पिक कक्षालाई विद्यालय कार्य घण्टामा गणना गरी शैक्षिक सत्र सञ्चालन गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

तत्काल विद्यालय सञ्चालन गर्न नसक्दा धेरै बालबालिका विद्यालय नफर्कने प्राडा मनप्रसाद वाग्ले बताए । सार्वजनिक विद्यालयलाई चौतर्फी आलोचना भइरहेको वर्तमान अवस्थामा ५०० भन्दा बढी विद्यालयले गरेको अभ्यासलाई अनुकरण गर्दै तत्काल अहिलेको वैकल्पिक कक्षालाई शैक्षिक सञमा गणना गर्नुपर्ने प्राडा वाग्लेले बताए । ‘शिक्षा मन्त्रालयले अहिलेसम्म वैकल्पिक शिक्षाको अवस्थाको अध्ययन गर्न सकेको छैन् ।’ प्राडा वाग्लेले भने, ‘शैक्षिकसत्र क्षति हुन नदिन भाषिक सिप, गणितीय सिप र अन्य सिपलाई पाठ्यक्रमबाट समायोजन गरी अगाडि बढ्नुपर्छ । यसको जिम्मेवारी सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई दिइनुपर्छ ।’

यसैबिच शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाले भदौ १६ गते देखि ३१ गतेसम्म प्रसारण हुने श्रव्यदृश्य तथा श्रव्य पाठहरूको समय तालिका आज सार्वजनिक गरेको छ ।

कोभिड९१९ को सङ्कमणका कारण देश भरका सबै विद्यालयहरूको पठन पाठन प्रभावित भएकाले वैकल्पिक शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिने उद्देश्यले मन्त्रालयले पुनः वैकल्पिक शिक्षणको समय तालिका सार्वजनिक गरेको शाखाका रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिए ।

महर्जनका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गत जेठ १८ गते जारी गरिएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले निर्दिष्ट गरे अनुसार यस केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका कक्षा १९८ का विषयगत श्रव्यदृश्य पाठहरू नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट र कक्षा १९१० का विषयगत श्रव्यदृश्य पाठहरू डिस मिडिया नेटवर्क लिमिटेडको डिसहोम, एनआइटी स्ट्रिम्ज प्रालि, सिएच नेट टिभी, मेघा म्याक्स टिभी प्रालि, छ म्याक्स टिभी, डिभिनी स्ट्रिम्ज नेटवर्क प्रालिको मेरो टिभी र सिबिसु केवलनेट प्रालिको क्लियर टिभीको विद्यालय शिक्षा साविक झै प्रसारण हुने भएको छ ।

त्यसैगरी कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू रेडियो नेपालबाट र गुड नेबसक इन्टरनेसनल संस्थासंगको सहकार्य र समन्वयमा कक्षा ६, ७ र ८ का अङ्ग्रेजी, विज्ञान र सामाजिक विषयका श्रव्य पाठहरू कान्तिपुर एफएमबाट प्रशारण हुने केन्द्रले जानकारी दियो ।

सामुदायिक रेडियो प्रसारण संघ बिचको सहकार्यमा देश भरका करिव २०१ ओटा भन्दा बढी सामुदायिक रेडियोहरू मार्फत कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू प्रसारण भइरहेको र सो कार्यक्रमलाई निरन्तरता दिइने महर्जजनले जानकारी दिए ।

विषम परिस्थितिका बाबजुद सरकारले चालेको कदमलाई साथ दिँदै आफ्ना छोराछोरीलाई वैकल्पिक कक्षामा सहभागी गराउन अग्रह गर्दै महर्जनले भने, ‘केन्द्रबाट प्रसारित श्रव्यदश्य तथा श्रव्य पाठहरूबाट विद्यार्थीहरुले फाइदा लिन सक्ने वातावरण बनाई दिनुहनु हामीले सातै प्रदेशको सामाजिक विकास मन्त्रालय, सवै श्री शिक्षा विकास निर्देशनालय, सबै प्रदेश, शिक्षा तालिम केन्द्र, स्थानीय श्री शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गरिसकेका छौं ।’,

​​

 

A Levels MA