सत्याल पब्लिकेसनले १० हजार शिक्षकलाई रोजगारी दिने

सत्याल पब्लिकेसनका उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’ आइतबार सार्वजनिक गरिएको छ ।

शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले पब्लिकेसनले द वर्ल्डलिंकसँग मिलेर सफ्टवेयर बनाउने प्लेटफर्म प्रालिका कार्यकारी निर्देशक अश्विन सत्यालले जानकारी दिए।

वर्ल्डलिंकका कर्पाेरेट निर्देशक लक्ष्मण यादवका अनुसार वर्षाैँदेखि पाठ्यपुस्तक छाप्दै आएको कम्पनीले विद्यालय शिक्षालाई डिजिटलाइजेसन गर्न सफ्टवेयरको विकास गरेको हो ।

विद्यालय जाने प्रणालीलाई परिवर्तन गर्दै सो एपमा इन–पुस्तक, स्मार्ट कक्षा, अनलाइन तथा हाइब्रिड कक्षा र परीक्षा, ट्युसन, असाइनमेन्ट आदि राखिनका साथै हाल ट्युसनमा १० हजार शिक्षकलाई आंशिक रोजगारी दिइने लक्ष्यका साथ शैक्षिक भविष्य बदल्ने योेजना राखेको प्लेटफर्म प्रालिका कार्यकारी अध्यक्ष तथा सिइओ आर्यन सत्यालले जानकारी दिए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal