After SEE Portal

कार्यशाला गोष्ठि सम्पन्न, सरस्वती बहुमुखी क्याम्पसले पायो उत्कृष्टको संज्ञा

Bridge Course

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्काय, डीन कार्यालयको सहयोग तथा सरस्वती बहुमुखी क्याम्पसको आयोजनामा “Case Teaching Pedagogy” सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालामा त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुका व्यवस्थापन र वित्तशास्त्र विषयका ८० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो । कार्यशालाको उद्घाटन गर्नुहुँदै व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले विगतमा चरम राजनीतिले ग्रसित सरस्वती बहुमुखी क्याम्पस अहिले उत्कृष्ट भएकोमा खुसी ब्याक्त गदै मुलुक परिवर्तनको लागी यसबाट शिक्षा लिनुपर्ने बताउनुभयो ।

 उहाँले कार्यशालाबाट आर्जन गरेको सीप र ज्ञान व्यक्तिसँगै संस्थाले फाइदा लिनुपर्ने कुरामा जोड दिनुभयो ।

त्रिवि व्यवस्थापन सङ्कायका सहायक डीन दिनेशमणि घिमिरेले शैक्षिक गुणस्तरका लागि विश्वविद्यालय सही बाटोमा अघि बढिरहेको उल्लेख गर्नुभयो । नेपाल प्राध्यापक संघका सभापति रामेश्वर उपाध्यायले प्राध्यापकहरुले सैद्धान्तिक र व्यवहारिक रुपमा समय सापेक्षित बाटो देखाउनुपर्ने बताउनुभयो ।

 उहाँले भन्नुभयो– विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्रै रहने वातावरण बनाउनुपर्छ । नेपाल कमर्श क्याम्पसका क्याम्पस प्रमुख जीवनकुमार भट्टराईले व्यवस्थापन सङ्काय अन्तर्गतका विषयहरुमा विद्यार्थीहरुको आकर्षण दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा यस खालका कार्यशालाहरुले प्राध्यापकहरुको शिक्षणलाई अझ सघाउ पुग्ने बताउनुभयो ।

 स्वागत मन्तव्यको क्रममा सरस्वती बहुमुखी क्याम्पस, रिसर्च मेनेजमेण्ट सेल तथा बीबीए डाइरेक्टर प्रा.डा. सतीशकुमार ओझाले देशभित्र र विदेशमा फ्याकल्टीहरुले आफूलाई अब्बल सावित गर्न कार्यशालाले थप मद्दत गर्ने उल्लेख गर्नुभयो ।


उद्घाटन तथा समापन सत्रमा सरस्वती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. गोलमान गुरुङले सभापतिको आशनग्रहण गनुभएको थियो । उहाले शैक्षिक क्षेत्रमा न्यून भ्रष्टाचारको विधि अपनाई विद्यार्थी र प्राध्यापकहरुको गुणस्तर अभिवृद्धि गर्नेतर्फ जोड दिनुभयो ।

 समापन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट त्रिवि वित्तशास्त्र विषय समितिका अध्यक्ष प्रा.डा. बालकृष्ण श्रेष्ठले केश टिचिङ पाडागोजीमा भएको कार्यशाला पहिलो पाइलाको शुरुवात भएको बताउनुभयो ।

 कार्यशालामा सहभागीहरुको तर्फबाट प्रा.डा. युवाराज भट्टराई, डा.पुष्पा महर्जन, अञ्जु गौचाले मन्तव्यको क्रममा सरस्वती बहुमुखी क्याम्पस मुलुकमै उदाहरणीय बनेको उल्लेख गर्नुभयो । कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख शिवराज घिमिरेले गर्नुभएको थियो ।


कार्यशालामा केश डेभलपमेण्ट र विश्लेषणतर्फ प्रा.डा. महानन्द चालिसे, सह प्रा.डा. ध्रुवलाल पाण्डे, सह प्रा.डा. गोविन्द तामाङ तथा एमएस एक्सलतर्फ प्रा.डा. राजनबहादुर पौडेल, सञ्जय घिमिरे र भरतसिंह थापाले सहजीकरण गर्नुभएको थियो ।

A Levels MA
Thuprai - Books and E-books