साख ब्युँत्याउँदै सरस्वती बहुमुखी क्याम्पस

कुनै बेला १० हजार विद्यार्थी पढ्ने सरस्वती क्याम्पस प्रमाणपत्र तह खारेजीपछि सुनसानप्रायः बनेको थियो । पछिल्लो समय भने विद्यार्थी संख्या बढ्दै गएको छ ।

सरस्वती बहुमुखी क्याम्पस लेखनाथमार्ग, ठमेलमा छ । मुख्य गेटबाट भित्र पसेपछि केहि खुला स्थान छ जहाँ विद्यार्थी, शिक्षक र कर्मचारीले आप्mना सवारी साधन पार्किङ गछन् । क्याम्पसको मुख्य भवन पुग्न त्यहाँबाट केही सिँढी झर्नुपर्छ । भवनको अगाडि ब्याडमिन्टिन कोर्ट छ । मुख्य भवनको दाहिने पट्टी कलेजको अर्को भवन देख्न सकिन्छ । कलेजका नाममा २९ रोपनी जग्गा छ । सोही जग्गामा तीनवटा चिटिक्क परेका भवन छन् । तीनवटा कम्प्युटर ल्याब र पुस्तकालयको प्रबन्ध सहितको छ क्याम्पस ।

शिक्षाप्रेमी शंकरराज पाठक, डा. सुरेन्द्रबहादुर श्रेष्ठ, वेदनाथ रेग्मी र शशीनारायण शाहको पहलमा २०१६ पुस १० गते त्रिविको आङ्गिक क्याम्पसका रुपमा सरस्वती रात्री कलेज स्थापना भएको हो । त्यति बेला यसले आफ्ना कक्षा लैनचौरस्थित शान्ति विद्यागृहमा सञ्चालन गथ्र्यो । सुरुवातमा मानविकी मात्र पढाइन्थ्यो पछि व्यवस्थापन पनि पढाउन थालियो ।

हालको भवन ०२८÷२९ सालतिर निर्माण भएको क्याम्पसका पूर्व विद्यार्थी तथा बिबिएम सङ्कायका निर्देशक नारायणप्रसाद अर्यालले बताए । ‘शङ्करराज पाठकले यो भवन निर्माणमा ठुलो योगदान गर्नु भएको छ,’ उनले भने । यो क्याम्पसमा २०३९ सालमा स्नातकोत्तरमा व्यवस्थापन पढाइ हुन थाल्यो ।

त्यस समयमा नेपालमा निजी तथा विदेशी कलेजहरु थिएनन् । अन्य जिल्लामा न्यून क्याम्पस हुनाले विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आउने गर्थे । त्यसैले पनि होला, सरस्वती क्याम्पसमा विद्यार्थीको घुइचो लाग्ने गथ्र्याे । ‘त्यो समयमा करीब १० हजार विद्यार्थी यहा पढ्थे । ४ सिफ्टसम्म कलेज चल्ने गथ्र्यो,’ पूर्वविद्यार्थी अर्यालले बताए ।

विद्यार्थी नआएर चार बर्ष अघिसम्म सुनसान रहने सरस्वती क्याम्पसमा यतिबेला विद्यार्थीको चाम बढेको छ । ०६२÷६३ सम्ममा सरस्वती क्याम्पस उपत्यकाकै उत्कृष्ट मध्येमा पर्ने गरेको सहायक क्याम्पस प्रमुख जनक पौडेलले बताए । ‘विद्यार्थी आन्दोलन लगायतका कारण पछिल्लो समय विद्यार्थी संख्या घट्दै गयो,’ उनले भने, ‘त्रिभुवन विश्वविद्यालयले समयअनुसारका फ्याकल्टीहरु नदिएकाले पनि विद्यार्थी घटे ।’

बिबिएमका निर्देशक अर्यालले भने त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तह खारेज गरेपछि ४० देखि ५० प्रतिशत विद्यार्थी घटेको जानकारी दिए ।अहिले त्रिविले सरकारी कलेजहरुलाई पनि प्राईभेट कार्यक्रम दिएको छ । ती विषयहरुमा विद्यार्थीलाई बढी ध्यानमा राखेर पढाउने गरिएको छ । त्यसको प्रभाव परीक्षाको नतिजामा देखिने गरेको छ ।

दुईतीन वर्षयता क्याम्पसको स्थितिमा सुधार आएको छ । विद्यार्थी सङ्ख्या वृद्धि भएको छ । ३ वर्ष अगाडि एमबिएममा २३ जना विद्यार्थी थिए । गत वर्ष ९४ जना भए । यो वर्ष भने विद्यार्थीको सङ्ख्यामा अप्रत्यासित ढङ्गले वृद्धि भएको छ । हाल एमबिएममा २ सय ३२ जना विद्यार्थी भर्ना भएका छन् । विद्यार्थीको सङ्ख्या अत्याधिक भएकाले ४ वटा सेक्सनमा बाँढेर पढाउन थालेको सहायक क्याम्पस प्रमुख पौडेलले बताए ।

बिएसडब्लुमा १२० जना विद्यार्थी छन् । बिबिएस प्रथम वर्षमा विद्यार्थी संख्या बढेर २५० जना पुगेका छन् । बिएसडब्लुमा १०७ जना भर्ना भएका छन् । क्याम्पसमा सबै फ्याकल्टीमा गरेर करिब २७ सय विद्यार्थी छन् । क्याम्पस प्रमुख गोलमान गुरुङ लगायत सम्पूर्ण शिक्षक तथा कर्मचारीको मेहेनतले विद्यार्थी सङ्ख्या वृद्धि भएको सहायक क्याम्पस प्रमुख पौडेलले बताए ।

विद्यार्थीहरु पनि क्याम्पसको प्रगतिले खुसी छन् । एमबिएस अध्ययनरत हरिसचन्द्र अधिकारीले क्याम्पसमा निकै सुधार आएको बताए । उनी भन्छन्, ‘हामीले बिएसडब्लु पढ्दा ८८ ओटा कोटामा ३२ जना विद्यार्थी थिए । अहिले विद्यार्थी सङ्ख्या ह्वात्तै बढेको छ ।’

क्याम्पस पढाईमा कमजोर भएर भन्दा पनि राजनैतिक खिचातानीका कारण बिचमा विद्यार्थी कम भएको उनले बताए । ‘सेमेस्टर प्रणाली लागु भएपछि राजनैतिक प्रभाव निकै घटेको छ,’ उनले भने, ‘क्याम्पस प्रमुख निकै प्रभावशाली भएकाले पनि क्याम्पसको अवस्थामा सुधार आएको हो ।’

अर्का विद्यार्थी चिरञ्जिवी न्यौपाने पनि क्याम्पसमा पछिल्लो समय सुधार आएको बताउँछन् । सरकारी क्याम्पसमा विद्यार्थी सङ्ख्या घटिरहेका बेला सरस्वतीमा विद्यार्थी बढ्दा खुसी लागेको उनले बताए ।

कलेजमा बिहान, दिउसो र बेलुका पढाइ हुन्छ । बिबिए, बिबिएम, बिसिए, बिएचएम लगायतका विषय सेमेस्टर प्रणलीमा सञ्चालनमा छन् । यहाँ बिए, बिबिएस, बिएसडब्लु पनि पढाइन्छ । एमए (अङ्ग्रेजी, नेपाली, ग्रामीण विकास, सोसीयोलोजी, इकोनोमिक्स) तथा एमबिएसका कक्षाहरु सञ्चालनमा छन् ।

बिए, बिबिएस पढ्न वार्षिक ९ हजार ५ सय शुल्क लाग्छ । बिएसडब्लुको वार्षिक १० हजार तथा फिल्ड भिजिटका लागि ५ हजार गरेर १५ हजार शुल्क तोकिएको छ । बिबिएमबिबिएको शुल्क भने क्रमश बार्षिक ३ लाख २० हजार र ३ लाख ६० हजार छ ।

कलेजमा २ लाख ९० हजार रुपियाँमा बीबीएमबिबिए अध्ययनको सुविधा विद्यार्थीहरुले पाईरहेका छन् । त्यस्तै बीएचएमको शुल्क कलेजले ५ खाल ७५ हजार निर्धारण गरेको छ । क्याम्पसमा ९६ जना पूर्णकालीन शिक्षक छन् भने निजी स्रोतबाट ४० देखि ५० जना सम्म शिक्षक राख्ने गरिएको छ । कर्मचारी भने ३५ जना छन् ।

चाम बढ्दो सिट सीमित

कलेजले मेरिट लिस्टका आधारमा भर्ना गर्दै आएको छ । सबै कार्यक्रममा विश्वविद्यालयले कोटा निर्धारण गरेको छ । कोटाका कारण कलेजसंग पूर्वाधार र जनशक्ति भएर पनि धेरै विद्यार्थीलाई पढाउन सकेको छैन ।

केही वर्ष अघिसम्म चारपाँच सय विद्यार्थीमा सीमित भएको कलेजमा अहिले १५ सयको हाराहारीमा विद्यार्थी छन् । मानविकीका पुराना विषयमा विद्यार्थी घट्दै गएपछि नयाँ कार्यक्रम थप गरेपछि कलेजमा विद्यार्थी संख्या बढेको हो ।

क्याम्पसमा रहेका लाइब्रेरीलाई स्तरोन्नति गरिएको छ । विद्यार्थीहरुले सन्दर्भ पुस्तकहरुको अध्ययनका लागि अन्यत्र धाउनुपर्ने बाध्यता लगभग हटेको क्याम्पसले जानकारी दियो ।

कोभिडमा अनलाइन कक्षा

क्याम्पसले कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चत चैत्र अन्तिमदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन आरम्भ गर्यो । स्नातकोत्तर तहका कार्यक्रमहरु एमबीएम्, समाजशास्त्र, अर्थशास्त्र, अङ्ग्रेजी, नेपाली विषयका पठनपाठन अनलाइन प्रविधिबाट सुरु गरेको क्याम्पस विस्तारै प्रविधिमैत्री सिकाइमा निर्भर हुने क्याम्पस प्रमुख डा।गोलमान गुरुङले बताए ।

जूम क्लाउड एप प्रविधिबाट कक्षा सञ्चालन हुँदा प्राध्यापक तथा विद्यार्थीहरु अत्यन्तै उत्साहित भएका छन् । एमबीएमको कक्षा बिहान तथा स्नातकोत्तर तहका अन्य कक्षाहरु सन्ध्याकालीन समयमा सञ्चालन हुँदै आएका छन् ।

Thuprai - Books and E-books