After SEE Portal

विद्यालय कर्मचारीको तलब बढेको छ: अर्थमन्त्री

Bridge Course

अर्थमन्त्री जनार्दन शर्माले विद्यालय कर्मचारीको तलब बढेको बताएका छन् । अर्थमन्त्री शर्माले  राष्ट्रिय समाचार समिति (रासस) लाई  दिएको अन्तर्वार्तामा आर्थिक वर्ष २०७९–८० को बजेट घोषणा गर्दा विद्यालय कर्मचारी र इसीडी शिक्षकको तलबको विषय सम्बोधन गर्न छुटेको संकेत आगामी आर्थिक वर्ष देखि तलब बढेको बताएका हुन् ।

  ‘बजेट निर्माणको सन्दर्भमा हरेक सरोकारवालाको समग्रको भनाइ र स्वार्थलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । केही न केही छुटेको होला तर मुलभूतरूपमा समेटिएको छ ।’ मन्त्री शर्माले भने, ‘जस्तैः स्थानीय तहका विद्यालयका कर्मचारीको कुरा, बाल शिक्षकको तलब पनि थपिएको छ । केही विषय छुटेको होला । तर मुलतभूत रुपमा देशको अर्थतन्त्रलाई बलियो बनाउने गरी बजेट आएको छ ।’

A Levels MA
Thuprai - Books and E-books