After SEE Portal

म्याग्दीको दुर्गम विद्यालयलाई छात्रवृत्ति शैक्षिक सामग्री सहयोग

Bridge Course

गलेश्वर, ३ चैत (रासस): म्याग्दीको एक लायन्स क्लबले दुर्गम विद्यालयका विद्यार्थीलाई छात्रवृति तथा शैक्षिक सामग्री सहयोग गरेको छ । 

बेनीमा रहको लायन्स क्लब अफ बेनी पिस सिटीले मङ्गला गाउँपालिका–३ बरंजामा रहेको दुई विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गरेको हो । शनिबार एक कार्यक्रममा जनप्रिय आधारभूत विद्यालय खर्क र महेन्द्ररत्न माध्यमिक विद्यालयका गरीब तथा विपन्न परिवारका विद्यार्थीलाई सो सहयोग प्रदान गरिएको हो । 

लायन्स क्लब र महेन्द्ररत्न मावि बरंजा छात्रवृति अक्षकोषको संयुक्त आर्थिक सहयोगमा महेन्द्र रत्न मावि कक्षा ११ मा अध्ययनरत् ६ जनालाई प्रति विद्यार्थी पाँच हजार र एक जनालाई १० हजार गरी ४० हजार छात्रवृत्ति प्रदान गरिएको छ । 

लायन्स क्लबले जनप्रिय मावि र महेन्द्र रत्न माविका ६ जना विद्यार्थीलाई एक वर्षका लागिप्रति विद्यार्थी ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । ती विद्यार्थीलाई एक वर्षका लागि कापी, कलम, झोला तथा प्रति विद्यार्थी एक जोर कपडा प्रदान गरिएको हो । 

A Levels MA