After SEE Portal

विद्यालयलाई रु १५ लाख सहयोग

Bridge Course

वामी, ९ फागुन (रासस) ः गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि शिक्षाप्रेमी हवल्दार डालेश्वर भुसालले रु १५ लाख सहयोग गर्नुभएको छ । 

मुसिकोट नगरपालिका–१ अरेवामा रहेको विद्यालयको लागि सोही वडा निवासी शिक्षाप्रेमी तथा समाजसेवी हवल्दार भुसालले आफ्नो जग्गासहित रु १५ लाख, एक हजार, एक सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको हो । 

विद्यालयमा फागुन १ गतेदेखि हीरक महोत्सवमार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु गरिएको सप्ताह ज्ञानमहायज्ञको सातौँ दिनका अवसरमा उक्त सहयोग रकम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद आचार्यले जानकारी दिनुभयो । 

A Levels MA