After SEE Portal

बालबालिकालाई दिवाकक्षा सञ्चालन गर्दै रोटरी

Bridge Course

चितवन, ३० फागुन (रासस) : भरतपुर रोटरी क्लबले मजदुरी गर्ने अभिभावकका स्कूल पठाउनुपूर्वका बालबालिकालाई दिवाकक्षा सञ्चालन गर्दै आएको छ । क्लबले भरतपुर महानगरपालिका–३ बेलचोकमा दिवाकक्षा सञ्चालन गर्दै आएको हो । 

क्लबका परियोजना संयोजक प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार स्वीडेनको डिजुर गार्डेन स्टक होम रोटरीसँग सहकार्य गरेर ३९ हजार ५०० डलर खर्च गरी दिवाकक्षा सञ्चालन गरिरहेको बताउनुभयो । दिवाकक्षामा बाबुआमा मजदुरी गर्न जाँदा घरमा एक्लै वा सँगै लैजानुपर्ने बाध्यता भएका दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई राखिएको उहाँले बताउनुभयो । 

ती बालबालिकालाई बिहान ९ः३० बजेबाट साँझ ४ बजेसम्म दिवाकक्षामा राखिँदै आएको छ । तीन शिक्षक राखेर ती बालबालिकालाई पढाउने, खेलाउने, खुवाउने, सरसफाइ गरिदिने, विभिन्न ठाउँमा घुमाउन लैजाने गर्दै आएको भरतपुर रोटरी क्लबका कोषाध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो । दिवाकक्षामा ३५ बालबालिका रहेका छन् । क्लबले तेस्रो वर्ष दिवाकक्षा सञ्चालन गरिरहेको हो । यो परियोजनाको अन्तिम वर्ष हो । हालसम्म ७६ बालबालिकाले दिवाकक्षाबाट सेवा लिइसकेका छन् । क्लबले तीन वर्षमा १०० बालबालिकालाई यो सेवा दिने लक्ष्य लिएको छ । 

परियोजना संयोजक ढकालले रोटरीले दिगोपना हेर्ने बताउँदै परियोजना अवधिपछि पनि यस्ता बालबालिकालाई सेवा दिने उद्देश्यले काम गरिरहेको बताउनुभयो । यसका लागि अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका प्राध्यापक नन्दप्रसाद जोशीले रु १० लाखको अक्षयकोष खडा गरिसकेको उहाँले बताउनुभयो । रोटरीले यो परियोजना तयार गर्दा भरतपुर रोटरी क्लबले ५०० डलर, स्वीडेनको डिजुर गार्डेनले १० हजार डलर, डिजुरको डिष्ट्रिक क्लबले ११ हजार डलर र रोटरी इन्टरनेशनले बाँकी रकम जम्मा गरी ३९ हजार ५०० डलरमा यो परियोजना शुरु भएको हो । 

परियोजनामा साथ दिने डिजुरले यसपछि १० हजार डलर सहयोग गर्ने आश्वासन दिएको ढकालले बताउनुभयो । रकम खोजी यस्ता बालबालिकालाई हाल सञ्चालन गरेका कक्षा नियमित गराउने उहाँले बताउनुभयो ।

A Levels MA