A Levels MA

कोठा भाडामा बस्ने विद्यार्थीको व्यथा: घरबेटीले खोइ पैसा भन्छन् ?

अभिभावकले बैंक बन्द छ भन्ने जवाफ फर्काउँछन्

देशभर कोठा भाडामा बस्दै आएका विद्यार्थीहरु मारमा परेका छन् । कोरोना भाइरस (कोभिड १९ ) का कारण देशमा लकडाउन भएपछि मुख्यतः विद्यार्थी आर्थिक चपेटामा परेका हुन् ।

यस्तै, विद्यार्थीहरुले घर जान नपाएर खाद्यान्नको समस्या पनि भोग्न थालेका छन् । घरबेटीले कोठाभाडा माग्दा उनीहरुसंग पैसा छैन । कीर्तिपुर बस्दै आएका रविन ओझाले कोठाभाडा तिर्ने पैंसा नभएको गुनासो पोखे । उनले भने, घरबाट पैसा माग्दा बैंक बन्द छ भन्ने जवाफ आउँछ । आफूसंग पैसा छैन । केहि विद्यार्थीहरु पीडा गुम्साएर बस्न विवश छन् । उता घरबेटीले पैसा माग्ने यता बुवा आमाले बैंक बन्द छ भन्दा विद्यार्थी प्रताडित भएका छन् ।

सिनामंगल बस्दै आएकी रक्षा पोख्रेलले कोठामा खाने कुरा सबै सकिएको भन्दै घर जाने वातावरण मिलाई दिन सरकारसंग आग्रह गरिन् । उनले भनिन्, ‘लकडाउनको पनि पालना गर्नै पर्‍यो तर, घर जान पाए हुन्थ्यो नी ।’

विद्यार्थीहरु मारमा पर्दा पनि सरकार कानमा तेल हालेर बसेको छ । सरकारले एक महिनाको कोठा भाडा नलिन घरबेटीहरुलाई अनुरोध गरेपनि कार्यान्वयन नहुने निश्चित् छ । 

सरकारले सहरमा कोठा भाडामा लिएर बस्नेहरुका लागि एक महिनाको घर भाडा छुट गर्न घरधनीलाई अनुरोध गरेको थियो । मन्त्रीपरिषद् बैठकले एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीलाई अनुरोध गर्ने र मिनाहा घर भाडाको घर बहाल कर सरकारले नलिने निर्णय गरेको थियो । 

एक विद्यार्थीले भने, ‘सरकारले आग्रह त गर्यो तर के गर्नु सरसापटी गरेर एक महिनाको भाडा बुझाइसके ।’ विद्यार्थीहरु मानसिक रुपमा पनि तनावमा छन् । तर, विद्यार्थी संगठनहरु कानमा तेल हालेर बसेका छन् ।

Thuprai - Books and E-books