After SEE Portal

अखिल क्रान्तिकारीको शैक्षिक हड्ताल, पढाइ प्रभावित

Bridge Course

विप्लव माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानका कारण आज देशव्यापीरुपमा शिक्षण संस्थामा पठनपाठन प्रभावित बनेको छ ।

विद्यालयहरुले विद्यार्थीहरुलाई हिजो नै शिक्षण संस्था बन्द हुने भएकाले विद्यालय नआउन जनाउ दिइसकेका छन् । शैक्षिक हड्तालका कारण आज विहान सञ्चालन हुने शिक्षण संस्थामा पठनपाठन हुन सकेनन् ।

क्रान्तिकारीले सो विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल र केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मा लगायत नेतालाई पक्राउ गरी झुठो मुद्दा लगाइएले फागुन १४ गते देशव्यापी शिक्षण संस्था बन्दको आह्वान गरेको जनाएको छ ।

सामुदायिक, निजी तथा प्राविधिक शिक्षण संस्था र कलेजहरु बन्द गरिने क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षण संस्था बन्दका कारण देशका करिव ३४ हजार शिक्षण संस्था प्रभावित भएका छन् । विशेष गरी विद्यार्थी संगठनका कारण शिक्षण संस्था बन्द गर्ने गरिएका छन् ।

A Levels MA