After SEE Portal

त्रिवि  सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अनुसन्धान गर्दै

Bridge Course

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ ।  कञ्चनपुरको बेलौरी नगरपालिकास्थित शान्तिपुर, बैतडीको पाटन र डडेल्धुराको जोगबुढा परगाउँमा स्टेशन बनाएर १२ किसिमका रैथाने धानको तीन वर्ष अनुसन्धान अनुसन्धान  गरी निष्कर्ष निकाल्ने गरी अनुसन्धान सुरु भएको हो ।

अनुसन्धानमा त्रिविको वनस्पति विभागका प्रमुख प्राडा रामकैलाशप्रसाद यादव, डा चन्द्र पोखरेल, डा लालबहादुर थापा र सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणानन्द पन्त संलग्न रहेका छन् ।

अनुसन्धान टोलीका सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक गुणानन्द पन्तका  अनुसार सुदूरपश्चिमका राम्रा गुण भएका धान हराउनुका कारण खोजी सुरु भएको छ । उनले भने, “हामीले तराईको कञ्चनपुर, भित्री मधेशको जोगबुढा र पहाडी जिल्लाको बैतडीमा स्टेशन राखेरै अनुसन्धान सुरु गरेका छौं ।”

सुदूरपश्चिमका तीन जिल्ला बैतडीको पाटन नगरपालिका कागसेली, डडेल्धुराको परशुराम नगरपालिकाको परिगाउँ र कञ्चनपुरको बेलौरीमा १२ वटा जातिमा एक सय ८० प्लटमा लगाइएको धानमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

 रैथाने जातको धानको अध्ययन गर्न तीन फरक–फरक भौगोलिक अवस्थितिको छनोट गरिएको छ । डडेल्धुराको जोगबुढामा माइती धान, झिनी, शान्ति र चिउडी जातको धान, कञ्चनपुरको बेलौरीमा भने अञ्जना, घिउपुरी, लालचन्द र सुठीयारी जातको रैथाने धानमाथि अनुसन्धान भइरहेको छ ।

 

“हामी लगातार तीन वर्षसम्म अनुसन्धान गर्छौं, धानको लम्बाइ लिने बाला कस्तो भयो, ढलेको थियो कि कस्तो थियो, रोग लागेको थियो कि थिएन, यो सबै हेर्छौं”, उनले भने, “यहाँको प्रयोगशालामा हेर्न मिल्ने यहाँ हेर्छौं, नभए केन्द्रीय प्रयोगशाला वा नाष्टमा अनुसन्धान हुन्छ ।”

सुदूरपश्चिममा लगाइने परम्परागत धानको सुक्खा सहनसक्ने क्षमता र उत्पादनको परिमाण कस्तो छ भनेर अध्ययन अनुसन्धान गरिन लागेको उनले बताए । “राम्रो गुण भएका परम्परागत धानको खेती गर्न छोडेर आयातित धानको बीउमा निर्भरता बढेको छ”, उनले भने– “सुदूरपश्चिमका रैथाने धानको बीउ जोगाउन र प्रोत्साहन गर्नका लागि अनुसन्धान भइरहेको छ ।”

A Levels MA
Thuprai - Books and E-books