CMAT

अनुसन्धानकर्ता नपाएर आयोगको रु. दुई करोड फ्रिज

Bachelors Portal

विश्वविद्यालय अनुदान आयोगले माग गरेको अनुसन्धान परियोजना प्रस्तावका लागि तीनओटा विश्वविद्यालय बाँहेक अन्यले चासो नै देखाएनन् ।

सञ्चालनमा आएका ११ ओटा विश्वविद्यालय भएपनि आयोगले माग गरेको राष्ट्रिय प्राथमिकताका विषयमा अनुसन्धान परियोजनाको प्रस्तावका लागि तीनओटा विश्वविद्यालयले मात्र आवेदन दिएका हुन् ।

सो प्रस्तावका लागि त्रिभुवन विश्वविदँलय, काठमाडौं विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयले मात्र प्रस्ताव पेस गरेको अनुदान आयोगले जानकारी दियो ।

आयोगका अनुसार कृषि विश्वविदँलयको प्रस्ताव अस्वीकृत भयो भने, त्रिविले ७ करोड ५० लाख र काठमाडौं विश्वविद्यालयले ५० लाख रुपियाँको अनुसन्धानका लागि स्वीकृति पाएका छन् ।

अनुसन्धानको केन्द्र मानिने विश्वविदालयले नै अनुसन्धानमा रुचि नदेखाएपछि त्यसका लागि विनियोजन भएको रु. २ करोड बराबरको बजेट फ्रिज भएर गएको आयोगले जानकारी दियो ।

आयोगले अनुसन्धान परियोजनाका लागि माग गरेको प्रस्तावको समय रहँदै सूचना नपाउँदा अनुसन्धानाक लागि प्रस्ताव पठाउन नसकिएको सुदुपश्चिम विश्वविद्यालका प्राध्यापकहरू बताउँछन् ।

त्रिविका मात्र चारओटा अनुसन्धान केन्द्र छन् । सेडा, सिनास, रिकास्ट, सेरिड । यी अनुसनुसन्धान केन्द्रहरूले समेत प्रभवकारी रुपमा अनुसन्धान गर्न सकिएका छैनन् । राजनैतिक प्रभावका भरमा नियुक्त भएका पदाधिकारीले गर्दा अनुसन्धान योग्य वातावरण नभएको सेडामा विगत एक दशक यता कार्यरत अक प्राध्यापकहरू बताउँछन् ।

अन्य विश्वविदँलयमा समेत अनुसन्धान केन्द्र छन् । ती केन्द्रले समेत प्रभावकारी रुपमा सञ्चार नगर्दा अनुसन्धानका लागि आएको बजेट फ्रिज भएर जाने गरेको छ ।

Thuprai - Books and E-books
I Tech store