TU CMAT

विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा  लगाएको ताला भोलि विहान १० बजे भित्र खोल्न आग्रह

CMAT

पोखरा विश्वविद्यालयमा आज नेपाल विद्यार्थी संगठनले  लगाएको ताला भोलि बिहान १० बजे भित्र खोल्ने विश्वविद्यालय प्रशासनले आग्रह गरेको छ । विश्वविद्यालयलेकुनै माग नै पेस नगरी एक्कासी तालाबन्दी गर्ने प्रवृत्तिले विश्वविद्यालयको हित नगर्ने हुँदा उत्पन्न समस्यालाई वार्ता र संवादबाट टुंग्याउनु पर्ने जनाएको छ ।

नेविसंघ मुल एकाई समितिले मिति आज विहान विज्ञप्ति प्रकाशन गर्दै उपकुलपतिको कार्यालय, रजिष्टारको कार्यालय र योजना तथा कार्यक्रम महाशाखामा ताला लगाएको हो ।

आज भएको तालाबन्दी प्रति विश्वविद्यालय प्रशासनको गम्भीर ध्यानाकर्षण  भएको जनाएको छ ।

विश्वविद्यालयले आज सबैलाई अपिल गर्दै उत्पन्न समस्या  वार्ता र सम्वादबाट अन्त्य गर्दै विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धान कार्यमा सघाउन सबैलाई अपिल गरेको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्को आजको बैठकले  सबै संघसंगठनले आफ्ना माग पेस गर्नुपर्ने, बार्ता र छलफलमा  नआइ तालाबन्दी गरेमा विश्वविद्यालयले ताला बन्दी तथा तोडफोडको हर्जना समेत असुल उपर गर्ने जनाएको छ ।

Managed Admission 2022
I Tech store
Masters Portal