नेपाल इन्जिनियरिङ कलेजलाई पोखराको आंगिक क्याम्पस बनाउनु पर्ने

नेपाल इन्जिनियरिङ कलेजलाई पोखरा विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा स्थापित गर्न विदार्थीहरुले माग गरेका छन् ।

अनेरास्ववियु नेपाल इन्जिनियरिङ कलेज कमिटीले  यस्तो माग  राखेको हो ।

विद्यार्थीका विविध मुद्दाहरू उठाई नेपाल इन्जिनियरिङ कलेज विद्यालय प्रशासन, प्राचार्य, सहायक प्राचार्य, प्रशासन प्रमुख, तथा विद्यार्थी कल्याण शाखा प्रमुख लागि एकमुष्ट मागपत्र बुझाउँदै यस्तो माग गरेको  छ ।

नेपाल इन्जिनियरिङ कलेजलाई पोखरा विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा स्थापित गर्ने, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउने, नेपाल इन्जिनियरिङ कलेजमा सेमेस्टर परीक्षा केन्द्र राख्ने जस्ता विविध कुराहरू समेटी कलेज प्रशासनलाई मागपत्र बुझाएको छ।

छलफलमा कलेजलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ, कलेजका काम कारबाहीहरू कसरी प्रभावकारी बनाउन सकिन्छ, साथै थुप्रै मागहरूमा छलफल पनि भएको छ ।

विद्यार्थीहरू साथै स्वयम् कलेज प्रशासनले भोग्नुपरेको प्रशासनिक, सामाजिक, आर्थिक समस्याहरूको निवारण गर्नको लागि साझा धारणा निर्माण गरी बृहत बहस चलाउने निर्णय गरेको छ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal