पोखरा विश्वविद्यालयमा आज नेपाल विद्यार्थी संगठनले लगाएको ताला भोलि बिहान १० बजे भित्र खोल्ने विश्वविद्यालय प्रशासनले आग्रह गरेको छ । विश्वविद्यालयलेकुनै माग नै पेस नगरी एक्कासी तालाबन्दी गर्ने प्रवृत्तिले विश्वविद्यालयको हित नगर्ने हुँदा उत्पन्न समस्यालाई वार्ता र संवादबाट टुंग्याउनु पर्ने जनाएको छ ।
नेविसंघ मुल एकाई समितिले मिति आज विहान विज्ञप्ति प्रकाशन गर्दै उपकुलपतिको कार्यालय, रजिष्टारको कार्यालय र योजना तथा कार्यक्रम महाशाखामा ताला लगाएको हो ।
आज भएको तालाबन्दी प्रति विश्वविद्यालय प्रशासनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विश्वविद्यालयले आज सबैलाई अपिल गर्दै उत्पन्न समस्या वार्ता र सम्वादबाट अन्त्य गर्दै विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धान कार्यमा सघाउन सबैलाई अपिल गरेको छ ।
विश्वविद्यालयको कार्यकारी परिषद्को आजको बैठकले सबै संघसंगठनले आफ्ना माग पेस गर्नुपर्ने, बार्ता र छलफलमा नआइ तालाबन्दी गरेमा विश्वविद्यालयले ताला बन्दी तथा तोडफोडको हर्जना समेत असुल उपर गर्ने जनाएको छ ।