After SEE Portal

सिम्याट परीक्षाका लागि पुन आवेदन माग

Bridge Course

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तहका विभिन्न कार्यक्रममा विद्यार्थी भर्नाका लागि पुनः प्रवेश परीक्षा सचालन गर्ने भएको छ ।

डिन कार्यालयले आज एक सूचना जारी गर्दै पुनः सिम्याट परीक्षाका लागि आवेदन माग गरेको हो ।

डिन कार्यालयले जारी गरेको सूचनामा आजदेखि मंसिर २० गतेसम्म सिम्याट परीक्षाका लागि आवेदन दिन सक्ने उल्लेख गरेको छ । सो सूचनामा कक्षा १२ मा १.८ सीजीपीए ल्याएका विद्यार्थीले आवेदन दिन सक्ने उल्लेख गरेको छ । सूचनामा मंसिर २३ गते पुनः सिम्याट परीक्षा सञ्चालन गर्ने उल्लेख गरेको छ ।

त्यसैगरी डिन कार्यालयले एमपीए र एमबीएसमा भर्नाका लागि आवेदन माग गरेको छ । डिन कार्यालयले आज सूचना जारी गर्दै आजदेखि पुस ६ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ । सो सूचनामा प्रवेश परीक्षा पुस १४ गते शनिवार सञ्चालन गर्ने उल्लेख गरेको छ ।

A Levels MA