After SEE Portal

सदनमा आफ्ना  माग प्रस्तुत गर्न विद्यालय कर्मचारीको अनुरोध

Bridge Course

राष्ट्रपति रामचन्द्र पौडेलले आज  सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे नीति तथा कार्याक्रम प्रस्तुत गर्ने भएका छन् । उक्त नीति तथा कार्यक्रम् देखि नै आफ्ना माग सम्बोधन गरिदिन नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले सांसदसंग आग्रह गरेको छ । 

सामुदायिक विद्यालयमा कार्यरत ३४ हजार ८५० विद्यालय कर्मचारीहरुलाई सरकारले झिनो अनुदान बाहेक अन्य सेवा सुविधा उपलब्ध नगराएकोले विगतमा  गरिएका विभिन्न आन्दोलन पश्चात सरकार र नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिवीच भएको सहमति कार्यान्वय गराउन माग गरेको हो र

२०७९ भदौ १९ गते दुवै पक्षविच  सहमति तथा मन्त्री स्तरीय निर्णय वमोजिम लेखापालको हकमा रु.३४ हजार ९०२ र विद्यालय सहयोगीका हकमा रु।२६ हजार ७०२  तलव कायम गरिदिनका लागि शिक्षा मन्त्रालयवाट अर्थ मन्त्रालयमा थप रकम माग फाईल पेश भई सकेको हुँदा आगामी आव२०८०–८१ को वजेटमा उक्त रकम विनियोजनका लागि आवाज उठाउन माग गरेको छ ।

संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीको दरवन्दी, सेवा सुविधा र स्थायित्वको प्रबन्ध गरिदिनका लागि सदनमा जोड्दार आवाज उठान अनुरोध गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books