After SEE Portal

उपकुलपति नियुक्तिका लागि पुनः आवेदन माग (कार्यविधि ढाँचा सहित)

Bridge Course

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि पुनः सूचना जारी गरेको छ । 

त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट स्वीकृत “त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम पुनः दरखास्त माग गरेको हो ।

इच्छुक व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np मा सूचनासँगै रहेको कार्यविधिमा उल्लिखित कागजातसहित पन्ध्र दिनभित्र कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेस गर्न आह्वान गरिएको छ ।

सो समितिले उपकुलपति छनोटका लागि तय गरेको मापदण्डको बुँदा नं. ङ को चौतर्फी विरोध भएपछि आइतबार पहिलो सूचना रद्द गरेको थियो । उक्त विज्ञापन रद्द भएपछि सर्च कमिटिले नयाँ कार्यविधि सहित नयाँ सूचना जारी गरेको छ ।

शुक्रबार छनोट तथा सिफारिस समितिका तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने उल्लेख थियो । सो मापदण्डको चौतर्फी विरोध पछि नयाँ मापदण्डसहित पुनः विज्ञापन गरेको हो ।

सिफारिससम्बन्धी कार्यविधि, २०८० र दरखास्तको ढाँचा

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना

A Levels MA